एनसेलले पहिलो १४ ‘सुपर सेलर’लाई पुरस्कार वितरण गर्यो


२५ कार्तिक २०७६, सोमबार
1573474449ncellcover

काठमाडौं, २५ कात्तिक । एनसेल प्राईभेट लिमिटेडले हाल संचालनमा रहेको ‘एनसेल सुपर सेलर’ योजना अन्तर्गत काठमाडौं र ललितपुर जिल्लाका पहिलो १४ पोइन्ट अफ सेल्स् (पिओएस)रखुद्रा विक्रेतालाई पुरस्कार वितरण गरेको छ।


सोमबार एक कार्यक्रमकाबीच खुद्रा विक्रेतालाई सुन, ल्यापटप, माउन्टेन बाइक र वासिङ्ग मेसिन वितरण गरिएको हो।

रिजन डेरी (बसपार्क), ओम साई राम कम्युनिकेसन (मनमैजु), सार्प सोलुसन (कलंकी), टिआरएल इलेक्ट्रोनिक सप (नयाँबजार), एम।के स्टोर (सतुंगल), डिआर भिजन सेन्टर (ठमेल, पिपलबोट) र पशुपति इन्टरप्राइजेज् (नयाँबजार) गरी सात खुद्रा विक्रेताले यस २४ क्यारेटको १—१ तोला सुन पुरस्कार पाएका छन्।


यी पिओएसरखुद्रा विक्रेताले उक्त योजनाको ‘गोल्ड’ समुहअन्तर्गत सुन पुरस्कार जित्न सफल भएका हुन्। सिल्भर समुहअन्तर्गत चार खुद्रा विक्रेताहरु राना स्टोर (मिलन टोल), एन।बि।टी मोबाइल मर्मत सेन्टर (जोरपाटी), राज इन्टरनेशनल ट्रेडर्स (सामाखुसी) र विक्री इलेक्ट्रोनिक्स् (इमाडोल)ले माउन्टेन बाइक साइकल जितेका छन्।

त्यस्तै, न्यू कन्काई स्टोर (नयाँ बानेश्वर) र सरस्वती खाद्य स्टोर (भैंसेपाटी)ले १—१ थान ल्यापटप जित्न सफल भएका छन्। यसै समुहअन्तर्गत दामोदर फ्रेम पसल (बालाजु) ले वासिङ्ग मसिन जितेका छन्।

यी १४ खुद्रा विक्रेतालाई एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्ग, प्रख्यात क्रिकेट खेलाडी सन्दिप लामिछाने, कलाकार प्रियंका कार्की र गायक शिव परियारले संयुक्तरुपमा पुरस्कार हस्तान्तरण गरेका हुन्।

एनसेलले आफ्नो यस योजनाअन्तर्गत पुरस्कार जित्न योग्य देशभरीका खुद्रा विक्रेतालाई पुरस्कार हस्तान्तरण गर्नेछ । एनसेलको यस योजनाले खुद्रा बिक्रेतालाई उत्साह प्रदान गरेको पुरस्कार पाएका खुद्रा विक्रेताले बताए।

एनसेलले आफ्ना देशभरी रहेका खुद्रा विक्रेतालाई लक्षित गरी ‘एनसेल सुपर सेलर’ योजना गत वर्षको चैत १ देखि लागू भएको थियो। यो योजना आउँदो पुष महिनासम्म संचालनमा रहने एनसेलले बताएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७