अलिबाबाले १७ घण्टामै बनायो नयाँ किर्तिमान


२५ कार्तिक २०७६, सोमबार
1573457907alibabaa

काठमाडौं, २५ कात्तिक । चिनियाँ जाइन्ट इकमर्सले एकै दिनमा सबैभन्दा बढी कारोबार गरेको किर्तिमान तोडेको छ।

गत वर्ष २४ घण्टामा ३०.८ विलियन डलरको कारोबारगर्दै अलिबाबाले एक दिनमा सबैभन्दा बढी किर्तिमानी कारोबार गरेको थियो। यो वर्ष भने १७ घण्टामा त्यो किर्तिमान तोड्दै ३०.९ विलियन डलरको कारोबार गरेको छ।

सोमबार अलिबाबाले पहिलो १६ घण्टामा ३० अर्ब ९ करोडको कारोबार गरेको हो।
आइतबार राती १२ बजेदेखि सुरु भएको अलिबाबाको यो एक दिनको सेल डे आज राती १२ बजेसम्म चल्ने छ। अलिबाबाले नोभेम्बर ११ लाई सिङ्गल डे भन्दै ठूलो छुट सहित व्यापार गर्दै आएको छ।

अलिबाबाले एक दिनको सेल डे सूरु गरेको पहिलो १ मिनेट ८ सेकेन्डमा १ अर्ब डलरको कारोबार गरेको थियो। पहिलो ३० मिनेटमा उसको कारोबार १० अर्ब डलर नाघेको थियो।


अलिबाबाका संस्थापक ज्याकमाले सन् २००९ देखि प्रत्येक नोभेम्बर ११ लाई एक दिनको सेल डेको रुपमा मनाउँदै आएको छ। उनले नै नोभेम्बर ११ लाई सिङ्गल डेको रुपमा विभिन्न छुट दिन थालेका थिए।

नेपालमा पनि सन् २०१८ मे मा अलिबाबाले दराजको स्वमित्व लिएको थियो। त्यसपछि नेपालमा पनि हरेक नोभेम्बर ११ लाई एक दिनको सेल डे को रुपमा मनाइरहेको छ। आज नेपालमा मनाइएको दोस्रो सेल डे हो।

अन्तर्राष्ट्रिय बजारमा अलिबाबाले विभिन्न छुट सहित पर्वको रुपमा सिङ्गल सेल डे मनाइरहँदा नेपालमा पनि यसलाई निकै चासोका साथ लिइएको छ।

अमेरिका चीन बीचको व्यापार युद्धका कारण चिनियाँ अर्थतन्त्र संकटमा परेको विश्लेषण भइरहँदा आजको कारोबारले चिनियाँ अर्थतन्त्र बजबुत रहेको संकेत गर्ने बताइएको छ। यसले चीनको आन्तरिक उत्पादन र खपत बढेको देखाउने कतिपएको विश्लेषण छ।


अहिले अलिबाबाले जापान, अमेरिका, दक्षिण कोरिया, अस्टेलिया, जर्मनी, ब्रिटेन र फ्रान्स लगायत ७८ वटा देशमा सामान बेचिरहेको छ। अलिबाबाका अनुसार ५ लाख ४४ हजार प्रतिसेकेन्डका डरले अर्डर आइरहेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७