मेडिकल कलेजले विद्यार्थीबाट लिएको बढी रकम फिर्ता नगरे सरकारले ठगी मुद्दा चलाउने


२५ कार्तिक २०७६, सोमबार
girirajmani pokhrel

काठमाडौं, २५ कार्तिक । शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीबाट लिएको बढी रकम अगामी १५ दिन भित्र फिर्ता गर्न अन्तिम अल्टिमेटम दिएका छन् । शिक्षा मन्त्रालयले त्रिभुवव विश्वविद्यालय, काठमाडौं विश्वविद्यालयका उपकुललपति, चिकित्सा शिक्षा आयोगको उपाध्यक्षसहित राखेर गरेको मन्त्रीस्तरीय निर्णय सुनाउँदै मन्त्री पोखरेले यदी रकम फिर्ता नगरे ठगि मुद्दा चलाउने निर्णय गरिएको जानकारी दिए ।

शिक्षा मन्त्रालयले त्रिभुवव विश्वविद्यालय, काठमाडौं विश्वविद्यालयका उपकुललपति, चिकित्सा शिक्षा आयोगको उपाध्यक्षसहित राखेर गरेको मन्त्रीस्तरीय बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा ठगी मुद्दा चलाउनका लागि गृह मन्त्रालयलाई चिठी लेखेर पठाउने समेत निर्णय भएको छ ।

सरकारले भनेको छ, ‘विद्यार्थीसँग तोकिए भन्दा बढी रकम लिएको भए १५ दिनभित्र फिर्ता गर्न गराउन सूचित गरिन्छ। सम्बन्धित मेडिकल कलेजले उक्त समयभित्र रक फिर्ता वा समायोजन नगरे कारबाही गरिनेछ ।’

विद्यार्थीहरुले १५ दिनभित्र रकम नपाए सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन भनिएको छ । प्रशासन कार्यालयलाई ठगी मुद्दा अघि बढाउन सरकारले अनुमति दिएको छ ।

निर्णय सार्वजनिक गर्दै सोमबार मन्त्री पोखरेलले भने, ‘मेडिकल कलेजले दिएको सकारात्मक योगदानको कदर गर्दै १५ दिनको समय दिएका हौं । हामीलाई ठगी मुद्दा चलाउन मन छैन, तर बाध्य हुनछौं। फेरि एकपल्ट आफ्ना विद्यार्थीका समस्या आफैं समाधान गर्न अवसर दिएका छौं।’ उनले सोमबार नै ठगी मुद्दा अन्तर्गत कारबाहीका लागि गृह मन्त्रालयमा पत्र पठाउने पनि जानकारी गराए।

निजी मेडिकल कलेजले बढी शुुल्क लिएको भन्दै विद्यार्थीहरु आन्दोलित छन् । उनीहरुलाई परीक्षा र पठनपाठनमा फर्किन समेत मन्त्री पोखरेलले आग्रह गरे ।

साथै आफू सुरक्षित हुन मेडिकल कलेजका अवैधानिक शर्त मान्ने विद्यार्थी अभिभावकलाई सजग गराए । उनले भने, ‘जुनसुकै शर्तमा आफू सुरक्षित हुन पनि खोज्ने र सरकारले केही गरेन पनि भन्ने विद्यार्थी र अभिभावकले नगरिदिनुहोला।’

निजी मेडिकल कलेज सञ्चालक सरकारलाई तालाचाबी बुझाएर उन्मुक्ति नपाउने पनि उनले बताए । समस्या समाधान नभए कानूनी कारबाही हुनेतर्फ सचेत गराए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७