अनलाइन सपिङको नाममा ठग्दै दराज, छानबिन गर्दै वाणिज्य विभाग


२५ कार्तिक २०७६, सोमबार
Daraz दराज

काठमाडौं, २५ कार्तिक :  अनलाइन सपिङको नाममा दराज अनलाइन नामको कम्पनीले उपभोक्त्ताहरुमाथि ठगी गर्दै आइरहेको खुलेको छ । उपभोक्त्ताहरुमाथि मनपरी ठगी गरेपछि दराज बिरुद्धको मुद्दा वाणिज्य विभागसम्म पुगेको छ ।

दराज विरुद्ध ठगीको उजुरी परेपछि वाणिज्य आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले छानबिन सुरु गरेको छ । विभागले शुक्रबार दराजको नक्सालस्थित कार्यालय अनुगमन गरी २४ घण्टाभित्र उपस्थित हुन पुर्जी काटेको छ । पहिलो चरणमा २४ घण्टाभित्र उपस्थित हुन पुर्जी दिइएको शाखा अधिकृत रमेशकाजी श्रेष्ठले बताए ।

विभागका निमित्त महानिर्देशक नोखबहादुर बस्यालका अनुसार दराज विरुद्ध कात्तिक २१ गते उजुरी परेको थियो। उजुरीकर्ताले मिनीफोकस ब्राण्डका घडी अर्डर गर्दा फ्रोस ब्राण्डको घडी आइपुगेको उजुरीमा उल्लेख गरेका छन् । सोही उजुरीको आधारमा विभागले छानबिन अघि बढाएको हो ।

यसअघि पनि दराजले ठगी गर्ने गरेको समाचार पटक पटक बाहिर आएको थियो । समाजले डुप्लीकेट समाना उपलब्ध गराउने, उपलब्ध गराएको सामानमा कमजोरी देखिए कुनै गुनासो नसुन्ने उपभोक्त्ताहरुको गुनासो छ । दराजमा अर्डर गरेपछि दराजले कमसल सामग्री दिने र कमसल सामग्री भएको गुनासो गरेपनि सुनुवाई नगर्ने गरेको उपभोत्ताहरुको भनाई छ ।

यो कम्पनी २०७३ फागुन १४ गते कम्पनी रजिस्टारको कार्यालयमा ‘क्यामु दराज कम्पनी प्रालि’को नाममा दर्ता छ। विभागका अनुसार व्यापार व्यवसाय गर्न वाणिज्य विभागमा दर्ता गर्नुपर्छ। चिनियाँ कम्पनी अलिबाबाको लगानी भित्र्याएको यो कम्पनी कारोबारका लागि वाणिज्य विभागमा दर्ता छैन।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७