नेविसंघको नेतृत्व ३२ वर्षमुनिकाे नभए सशक्त आन्दोलनको चेतावनी


२६ कार्तिक २०७६, मंगलवार
nebisangh 6394988

काठमाडौं, २६ कार्तिक । नेपाली काङ्ग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घमा विधानअनुसार तदर्थ समिति बनाउन माग गरिएको छ ।

नेविसङ्घले सोमबार यहाँ आयोजना गरेको ‘मातृ पार्टीको प्रवृत्ति र नेविसङ्घको विधानसम्बन्धी’ अन्तरक्रियामा विद्यार्थी नेताले विधानको पालना गर्न मातृ पार्टी काङ्ग्रेसलाई आग्रह गरेका हुन् ।

नेविसङ्घका निवर्तमान उपाध्यक्ष रामप्रसाद अधिकारीले काङ्ग्रेसको नर्सरीका रूपमा रहेको नेविसङ्घको अधिवेशन चाँडो गर्नुपर्ने बताए । ‘पार्टी बलियो बनाउन भ्रातृ संस्थाको अधिवेशन चाँडो हुनुपर्छ’, उनले भने ।

नेविसङ्घका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टले विद्यार्थी नेतृत्वमा ३२ वर्षमुनिकालाई ल्याउन विधानले व्यवस्था गरेकाले विधानअनुसार समिति निर्माण गर्नुपर्ने बताए ।

विधानअनुसार समिति नआए सशक्त आन्दोलन गर्ने उनको भनाइ थियो । कार्यक्रममा नेविसङ्घका निवर्तमान पदाधिकारी तथा सदस्यको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७