एमाले स्थायी समिति बैठक बस्दै, समानुपातिक सांसदको नाम टुंगो लगाउने


१३ पुष २०७४, बिहीबार
uml

काठमाडौं : नेकपा एमालेले सातै प्रदेशमा समानुपातिकतर्फका सांसद बिहीबार टुंगो लगाउने भएको छ । समानुपातिक सांसद टुंग्याउन एमाले स्थायी समितिको बैठक बस्दैछ । प्रदेश र प्रतिनिधि सभाको चुनावपछि दोस्रो पटक एमाले स्थायी समिति बैठक बस्न लागेको हो ।uml
पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दिउँसो १ बजे बस्ने बैठकले प्रदेशका समानुपातिक सांसदको टुंगो लगाउने भएको छ । प्रदेश सभाको समानुपातिकतर्फ २ र ७ मा बाहेकका ५ प्रदेशमा एमाले पहिलो पार्टी बनेको छ।
यस्तै बैठकमा एमाले–माओवादी एकता, सरकार गठन र राष्ट्रियसभा गठन अध्यादेश लगायतका बिषयमा छलफल हुन लागेको हो ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग बुधबार भएको छलफलबारे अध्यक्ष ओलीले ब्रिफिङ गर्नेछन् ।  बुधबार एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बालकोटमा करिव एक घण्टा भेटवार्ता भएको थियो । दुई नेताबीच पार्टी एकता संयोजन समितिलाई सक्रिय बनाउने निर्णय भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७