दिल चोर्ने ‘दिलु’ को फिगर


१३ पुष २०७४, बिहीबार
diu

सांगतिक जगतमा कला मात्र भएर हुँदैन । योसँगै दर्शक तान्नका लागि आकर्षक ‘फिगर’ पनि उत्तिकै आवश्यक छ । मोडेल दिलु सोनार अहिले कलाले मात्र होइन, सुन्दर फिगरका कारण पनि दर्शकको आँखामा परेकी छन् । सांगीतिक कार्यक्रमहरुमा पातलो कम्मर मर्काएर दिलु नाच्न थालेपछि दर्शकहरु यसै मोहित हुन्छन् । दर्शकहरुलाई पनि उनीसँगै नाचुँ–नाचुँ बनाई दिन्छ दिलुको कलात्मक नृत्यले । स्टेज कार्यक्रमहरुमा मात्र होइन म्युजिक भिडिओहरुमा समेत जीवन्त अभिनय गरेर मोडेलिङमा जम्दै गएकी नेपालगञ्जकी दिलुको भविष्यमा सफल हिरोइन बन्ने छ । निकै रुपमति मोडेल तथा डान्सरको रुपमा आफनो पहिचान बनाउँदै गएकी दिलुको दैनिकी आजभोलि व्यस्त बन्दै गएको छ ।dpic1

तीजका गीतहरुको लागि आयोजना गरिने स्टेज प्रोग्राम देखि नृत्य सिकाउने कामले उनको अहिलेको दिनचर्या व्यस्त वनेको हो । मोडेलिङका लागि समेत उनलाइ भ्याइनभ्याइ हुन थालेको छ । देश तथा विदेशका सयौं स्टेजहरुमा आफनो सुन्दर एवम कलात्मक नृत्य देखाएर दर्शकहरुको मनमा छाएकी दिलुले दुइ दर्जन वढी लोक तथा आधुनिक गीतहरुमा मोडेलिङ गरिसकेको वताइन् । झन्डै २५ भन्दा बढी म्युजिक भिडियोहरुमा अभिनय तथा सय बढी स्टेज कार्यक्रमहरुमा आफनो प्रस्तुती गरिसकेकी दिलुलाई आफूले जानेको नृत्यकला अरुलाई सिकाउने रहर छ । dipcs
काठमाण्डौंको पद्यमकन्या क्याम्पसमा नृत्य विषयमा स्नातक गरेकी दिलुले काठमाण्डौंकै स्कुले बालबालिकाहरुलाइ नृत्य सिकाउने पनि गरिरहेकी छिन् । ऐनामा हेर्दा र आफनो भिडिओ हेर्दा आफू निकै राम्री भएको देख्ने उनी बताउँछिन् । अविवाहित दिलुले उमेर खुलाउन भने चाहिनन् । विवाह गरे पनि निकै उत्साहका साथ मोडेलिङ र नृत्यको पेशालाइ निरन्तरता दिने आफनो सोच रहेको उनले बताइन् । मिडियाले आफ्नो लागि राम्रो सहयोग गरेको भन्दै आफ्नो क्यारियर मिडियाको सहयोगबाट फल्दै जाने दिलुको भनाई छ । ‘अवसर मिल्यो भने म फिल्म खेल्नका लागि पनि तयार छु’–उनले भनिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७