निरास जनतालाई उत्साहित बनाउन कांग्रेस जित्नु पर्छ : नेता रिजाल


२६ कार्तिक २०७६, मंगलवार

पोखरा, २६ कार्तिक । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले निरास जनतालाई उत्साहित बनाउन आसन्न उपनिर्वाचनमा काङ्ग्रेसले जित्नुपर्ने बताएका छन् ।

कास्की क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट केन्द्रीय प्रतिनिधि समेत रहेका रिजालले आज पोखरा महानगरपालिका–१७ मा आयोजित घरदैलो कार्यक्रममा उनले भने, ‘सरकारले महङ्गी र भ्रष्टाचार नियन्त्रण गर्न नसक्दा जनता निरास भएका छन्, उनीहरुलाई उत्साहित बनाउन आसन्न उपनिर्वाचनमा काङ्ग्रेसले जित्न सक्नुपर्छ ।’

नेता रिजालले सरकार लोकतान्त्रिक पद्धतिअनुसार अघि बढ्नुपर्नेमा जोड दिंदै कर्मठ र त्यागी नेता खेमराज पौडेललाई पार्टीले कास्की क्षेत्र नं २ मा उम्मेदवार बनाएको बताए ।
उनले देश र समाजप्रतिको त्याग, बलिदान एवं निष्ठाका पक्षमा मतदान गर्न आम मतदातालाई आग्रह पनि गरे ।

प्रतिनिधिसभा सदस्यका उम्मेदवार खेमराज पौडेलले मुलुकमा बढ्दै गएको भ्रष्टाचार, विकृति, विसङ्गतिलाई रोक्न र सरकारलाई सही बाटोमा हिँडाउन यस चुनावमा काङ्ग्रेसले जित्नुपर्ने धारणा राखे ।

घरदैलो कार्यक्रममा काङ्ग्रेस नेता डा रिजाल, उम्मेदवार पौडेल, कास्की काङ्ग्रेसका सभापति एवं चुनाव प्रचारप्रसार मूल समितिका संयोजक कृष्ण केसीलगायतका नेता तथा कार्यकर्ता सहभागी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७