कांग्रेसले भन्यो-तरुण दलका नेता धिमालको दुर्घटना ‘आक्रमण’, प्रहरी भन्छ, ‘सडक दुर्घटना नै हो’


२६ कार्तिक २०७६, मंगलवार
dhimal

खनेन्द्र कुमार राई (अर्जुन) /
मोरङ, २६ कार्तिक । नेपाल तरुण दल मोरङ क्षेत्र नम्बर–८ का तत्कालीन अध्यक्ष महेन्द्र धिमालको दुर्घटना नियोजित रुपमा घटनाइएको मोरङ कांग्रेसले आशंका गरेको छ ।

नेपाली काग्रेंस महासमिति सदस्य ललित श्रेष्ठले धिमालको दुर्घटना रहस्यमय भएको बताएका छन् । श्रेष्ठले घटनाको प्रकृति हेर्दा दुर्घटना नभएर धिमालको ज्यान मार्ने उद्देश्यले अज्ञात समूहले सांघातिक आक्रमण गरेको आशंका गरेका छन् ।

dhimal sir
घाइते धिमाल

तर, इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख गुनराज बुढाथोकीले भने धिमालमाथि आक्रमण नभई ९० प्रतिशत सडक दुर्घटना नै भएको दाबी गरेको श्रेष्ठले बताएका छन् । प्रहरीले धिमाल सडक दुर्घटनामै परेको बताए पनि आफूहरुको आशंका नियोजित हमलातिरै भएकाले गम्भीर अनुसन्धान हुनुपर्ने कांग्रेसको माग रहेको श्रेष्ठले बताए ।

धिमाललाई मोरङको सुन्दरहरैचा नगरपालिकाको खोर्साने र केराबारी गाउँपालिका जोड्ने मार्गको बीच जङ्गलमा सोमबार दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । रक्तमय अवस्थामा भेटिएका धिमाललाई नोबेल मेडिकल कलेज टिचिङ अस्पताल विराटनगरमा उपचारको लागि लगिएको थियो । स्रोतका अनुसार धिमाल केराबारी काम गरेको पैसा लिन गएका थिए ।

नेपाल तरुण दल मोरङका अध्यक्ष सञ्जयसिंह थापाले पनि धिमालमाथि सांघातिक आक्रमण भएको दावी गरे । धिमालको शरीरको चोट हेर्दा धारिलो हतियार प्रहार गरेको जस्तो देखिने उनले बताए । उनी भन्छन्, ‘शरीर हेर्दा घस्रिएर, ठोकिएर चोट लागेको नभएर धारिलो हतियार प्रहार गरिएको जस्तो देखिन्छ, प्रहरीले यस घटनालाई सुक्ष्म रुपमा अनुसन्धान गर्नुपर्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७