नशा फुटेर रक्तस्राब भएपछि अमेरिकी पूर्व राष्ट्रपति कार्टर अस्पताल भर्ना


२६ कार्तिक २०७६, मंगलवार
karter

वासिंगटन, २६ कार्तिक । अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरलाई सोमवार अस्पताल भर्ना गरिएको छ ।

पूर्व राष्ट्रपतिहरूमध्ये सवैभन्दा ज्येष्ठ ९५ बर्षीय पूर्व राष्ट्रपति कार्टरलाई सोमबार बेलुकातिर भर्ना गरिएको कार्टर सेन्टरले जनाएको छ । इमोरी युनिभर्सिटी अस्पतालमा लगिएका कार्टरलाई नशा फुटेर रक्तस्राब भएकोे चिकित्सकहरुले जनाएका छन् ।

उनी यसअघि यही अक्टोर २२ तारिखका दिन पनि अस्पताल भर्ना भएका थिए । त्यतिबेला उनलाई जर्जिया स्थित आफ्नै निवासमा लडेर घाइते भएपछि अस्पताल लगिएको हो । अमेरिकाको ३९ औं राष्ट्रपति कार्टरले सन् १९७७ देखि १९८१ सम्म अमेरिकाको नेतृत्व गरेका थिए । रासस–सिन्ह्वा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७