बंगलादेशी राष्ट्रपतिको भक्तपुरकाे ऐतिहासिक स्थलको भ्रमण (फोटोफिचर)


२६ कार्तिक २०७६, मंगलवार
Mohammad Abdul Hamid 1 1

काठमाडौं, २६ कार्तिक । राष्ट्रपति विद्या देवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएका बंगलादेशका राष्ट्रपति मोहमद अब्दुल हमिद मंगलबार भक्तपुरका ऐताहासिक स्थलको भ्रमण गरेका छन् ।

चार दिने भ्रमणका लागि मंगलबार नै नेपाल आइपुगेका राष्ट्रपति हमिदले अपरान्ह ४ बजे विश्व सम्पदा सूचीमा रहेको भक्तपुरको दरबार स्वाक्वर र टौमढीस्थित पाँचतले मन्दिरको अवलोकन गरेको हो । उनको स्वागत भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गरेको हो । राष्ट्रपति हमिदको स्वागतका लागि माक प्वाखँ अर्थात बाँदर नाच समेत देखाइएको थियो ।

अपरान्ह ४ बजेर ८ मिनेटमा भक्तपुर पुगेका राष्ट्रपति हमिदले झण्डै १ घण्टा बिताएका थिए ।भक्तपुरको न्यातपोल मन्दिर अवलोकनपश्चात उनले तौमडीमा साँस्कृतिक कार्यक्रमअन्तर्गत देवी नाचसमेत हेरे ।

ऐताहासिक स्थलको भ्रमण गरेका राष्ट्रपति हमिदले पुरातात्विक वस्तुहरुको चासोपूर्वक अवलोकन तथा निरीक्षण गरेका थिए । उनी काठमाडौंबाट सेनाको हेलिकोप्टरमार्फत भक्तपुर आएको हो ।

सैनिक स्कुलमा हेलिकप्टर ल्याण्डिङ गरेर उनी भक्तपुरतर्फ प्रस्थान गरेका थिए। ५२ सदस्यीय प्रतिनिधि मण्डलको साथमा उनी आज नेपाल भ्रमणमा आएका हुन्।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७