जहाज खरिद अध्ययन प्रतिवेदनबाट एक अर्ब २० करोड घोटलाको अंश नै गायब !


२७ कार्तिक २०७६, बुधबार
narrow body

काठमाडौं, २७ कार्तिक । नेपाल वायुसेवा निगमको न्यारो बडी विमान खरिदमा अनियमितताको तथ्य समेटिएको अंश हटाएर संसदीय समितिले अपुरो प्रतिवेदन सार्वजनिक गरेको छ ।

न्यारो बडी विमान खरिदका क्रममा एक अर्ब २० करोड घोटला भएको तथ्य रहेको अंश प्रतिवेदनबाट हटाएर अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सार्वजनिक गरेको हो ।

नेपाल वायुसेवा निगमले खरिद गरेका दुई न्यारो बडी विमान खरिदबारे उपसमिति बनाएर छानबिन गरेको संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले उपसमितिको प्रतिवेदनको न्यारोबडी खरिदमामा अनियमितता उल्लेख भएको अंश हटाएर अपुरो प्रतिवेदन सार्वजनिक गरेको हो ।

लामो समय गुपचुप राखिएको प्रतिवेदनबाट न्यारो बडी विमान खरिदमा घोटलाको तथ्य लुकाएर हालैमात्र समितिले उक्त प्रतिवेदन सार्वजनिक गरेको हो । समितिले अनियमिततालाई सघाएको भन्ने सांसदहरूबाट र सार्वजनिक रूपमा आलोचना भएपछि उक्त प्रतिवेदन सार्वजनिक गरिएको थियो ।

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले वाइडबडी विमान खरिदमा अनियमितता पाएको सार्वजनिक भएपछि २०७५ मंसिर ७ गते नेकपाकी सांसद पवित्रा निरौला खरेल सभापति रहेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निगमका सबै जहाज खरिदसम्बन्धी अध्ययन गर्न उपसमिति गठन गरेको थियो ।

नेकपाका सांसद डा. दीपकप्रकाश भट्टको संयोजकत्वमा गठन भएको उपसमितिमा कांग्रेसबाट दिव्यमणि राजभण्डारी, समाजवादीबाट रेनुका गुरुङ, राजपाबाट सरलाकुमारी यादव र नेकपाकै सुदन किराती सदस्य थिए । उपसमितिले चारपटक म्याद थपेर २०७६ बैशाखमा अनुसन्धान सकेको थियो । लगत्तै प्रतिवेदन तयार पारेर सभापति खरेललाई बुझाइएको थियो ।

तर, सभापतिले झण्डै ६ महिना प्रतिवेदन ’अध्ययन गर्ने’ भन्दै गुपचुप राखेकी थिइन् । प्रतिवेदनबारे संसदीय समितिमा गोप्य बैठक, पत्रकारलाई निकालियो प्रतिवेदनमाथि छलफल गर्न बोलाइएका संसदीय समितिका बैठकमा पत्रकारहरूलाई प्रवेश निशेध गरेकी सभापति खरेलले प्रतिवेदनलाई लिएर आलोचना बढ्दै गएपछि न्यारो बडीमा घोटाला रहेको प्रतिवेदन अंश हटाएर सार्वजनिक गर्न समिति सचिवालयलाई अनुमति दिएकी थिइन् ।

के छ सार्वजनिक गरिएको प्रतिवेदनबाट हटाइएको अंशमा ?
नेपाल वायुसेवा निगमले खरिद गरेका विमानको अध्ययन गर्न गठित अन्तर्राष्ट्रिय समिति अन्तर्गतको उपसमितिले विभिन्न फरकफरक शिर्षकमा भेटिएका तथ्य राखेको थियो ।

विमान कम्पनी एयरबससँगको सम्झौताको समयसीमा समाप्त भइसकेपछि निगमले एक जहाजमा जहाजमा ६० करोडभन्दा बढी मूल्य बढाएर दुई विमान खरिद गरेको उपसमितिको निष्कर्ष थियो । जुन अंश सार्वजनिक गरिएको प्रतिवेदनबाट हटाइएको छ ।

जसमध्ये न्यारो बडी विमान खरिदका विषयमा उल्लेख थियो । उपसमितिले न्यारो बडी विमान खरिदमा गरेको अनुसन्धानको निष्कर्ष र सरकारलाई सो अनुसन्धानको आधारमा दिन तयार पारेका निष्कर्ष यहाँ राखेका छौं । थाहा खबरबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७