ट्यांकरले ठक्कर दिँदा अभिनेत्री विना थापाको मृत्यु


१३ पुष २०७४, बिहीबार
bina thapa

काठमाडौं: अभिनेत्री बिना थापाको सडक दुर्घट्नामा मृत्यु भएको छ । २७ वर्षीया अभिनेत्री थापलाई बुधवार दिउँसो बत्तीसपुतलीमा बा २ ख ८९४ नम्बरको पानी ट्याङकरले बा५५ प १३८७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घाइते बनेकी थापको उपचारको क्रममा मत्यु भएको हो ।

bina thapa

घाइते भएपछि उपचारका लागि वीर अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा उनको निधन भएको बताइन्छ । उनले ‘डिर्भाेस’, ‘उर्वशी’, ‘पिँजडा ब्याक अगेन’ लगायतका फिल्ममा अभिनय गरेकी छिन् । गुल्मी, मुसिकोटकी बिनाले केही नाटकमा पनि अभिनय गरेकी छिन् । देश–विदेशमा हुने गरेका सांस्कृतिक कार्यक्रममा समेत सक्रिय बिनाको निधनमा कलाकर्मीले दुःख व्यक्त गरेका छन् । ठक्कर दिने ट्यांकरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७