उपचुनाव : स्थानीय तहको उम्मेदवारी दर्ता आज, यी कागजात चाहिन्छ


२७ कार्तिक २०७६, बुधबार
Election ayoge 1

काठमाठौं, २७ कार्तिक । आउँदो १४ मंसिरको उपनिर्वाचनका लागि स्थानीय तहमा आज (बुधबार) मनोनयन दर्ता हुँदैछ । निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ता गर्नुपर्ने निर्वाचन आयोगले जानकारी दिएको छ ।

स्थानीय तहअन्तर्गत एक नगर प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक गाउँपालिका उपाध्यक्ष र ४३ वडाअध्यक्षका लागि उपनिर्वाचन हुनेछ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि कात्तिक २१ गते नै मनोनयन दर्ता गरिएको थियो ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरुलाई निर्वाचन आयोगले चुनाव चिह्न समेत वितरण गरिसकेको छ । प्रतिनिधिसभा र प्रदेशसभा तथा स्थानीय तहका लागि मनोनयन दर्ताको मिति अलग–अलग भए पनि मतदान भने सबैको मंसिर १४ गते नै हुनेछ ।

बिभिन्न कारणले रिक्त देशभरका ५२ पदका लागि मंसिर १४ गते उपनिर्वाचन हुन लागेको हो । ३७ जिल्लामा हुने उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्य एक१, प्रदेशसभा सदस्य तीन, स्थानीय तहको प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाअध्यक्ष ४३ पदमा जनप्रतिनिधि चुनिने छन् ।

उपनिर्वाचनमा भाग लिने दलहरूको संख्या १०१ छ । तीमध्ये सीके राउतको पार्टीसहित १६ नयाँ दल छन् । उपनिर्वाचनका लागि निर्वाचन आयोगले २४७ मतदानस्थल र ५३७ मतदान केन्द्र तोकेको छ । यस्तै मुख्य निर्वाचन अधिकृत ३७ र निर्वाचन अधिकृत ११ जना नियुक्त गरिएको छ ।
उम्मेदवारी मनोनयन दर्ता गर्न यी कागजात चाहिने

(१) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।
(२) सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा (वडा अध्यक्ष पदको लागि) ।
(३) सम्बन्धित गाउँपालिका वा नगरपालिकाको कुनै वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा (अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको लागि) ।(४) राजनीतिक दलले प्रदान गरेको उम्मेदवार मनोनयनको औपचारिकपत्र (राजनीतिक दलको उम्मेदवारको हकमा) ।
(५) स्थानीय तहको अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको लागि एक हजार पाँच सय र वडा अध्यक्ष पदको लागि एक हजार रुपैयाँ धरौटी ।
(६) मतदाता नम्बर
(७) सम्पत्ति विवरण
(क) घर संख्या
(ख) घर रहेको स्थान
(ग) जग्गाको विवरण (जिल्ला, गाउँपालिकारनगरपालिका, वडा नं., कि.नं., क्षेत्रफल)
(८) अध्यक्षर–उपाध्यक्ष–प्रमुख–उपप्रमुख–वडाध्यक्षको पदमा उम्मेदवारी दिँदा कुनै लाभको पद वा निर्वाचित पदमा बहालवाला पदाधिकारी भए निजले बहाल रहेको पदबाट राजीनामा दिएको दर्ताको निस्सा ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७