प्रधानमन्त्रीका सल्लाहकारमाथि सरकारी डाटा दुरुपयोग गरेको आरोप


२७ कार्तिक २०७६, बुधबार
askar ali

काठमाडौं, २७ कार्तिक । प्रधानमन्त्री कार्यालयबाट निर्वाचन आयोगकी सचिव देवकुमारी गुरागाईलाई फोन गयो, ‘डाटा किन नदिएको ? ‘मिल्छ र सर ?’ भन्दै उनी पन्छिन खोजिन् । तर, हाकिमले भने, ‘मेरो जागिर जाने भइसक्यो । पठाई दिनुस् न’, प्रम कार्यालयले फोटोसहितको नागरिक एप्ससम्बन्धी डाटा महिना दिन बित्दा पनि नपाउने तर अन्तअन्तै धुस्नो हुनेगरी प्रयोग हुने ।

अहिले प्रधानमन्त्रीले आफ्नो सचिवालयमा भएभरका सल्लाहकारसँग राजीनामा माग्नुपर्ने गरी त्यही डाटा ट्रान्सफर घाँडो भएको छ । एक्सटेन्सो डाटा कम्पनीको मालिक समेत रहेका अस्गर अलीले सरकारी डाटा दुरुपयोग गरेको प्रम आश्चर्यमा परेको बालुवाटार स्रोतले जनाएको छ ।

उनी प्रमको अवैतनिक सूचना प्रविधि सल्लाहकार छन् । सरकारी निकायमा सर्वसाधारणको अति गोप्य र संवेदनशील वैयक्तिक विवरण हुनु त स्वाभाविक भयो । तर, ती विवरण निजी स्वामित्वको एफवान सफ्टको मुख्य सेयर रहेको डाटासम्बन्धी काम गर्ने एक्सटेन्सो डाटा नामक कम्पनीमा पाइएपछि सनसनी मच्चिएको बताइन्छ ।

एक्सटेन्सोमा अस्गरका व्यवसायिक साझेदार एफवान सफ्ट इन्टरनेशनलका विश्वास ढकाल, सुभाष शर्माहरुको बढी मात्रामा शेयर छ । उक्त कम्पनीको उद्देश्य नै महत्वपूर्ण डाटाको विश्लेषणमार्फत् सामाजिक अवस्थितिको अध्ययन गरी व्यावसायिक प्रवर्धन र सामाजिक अभियानमा काम गर्नु हो । अहिलेसम्म अध्यागमन, श्रम, गृह, राष्ट्रिय परिचयपत्रसहितका विवरण अफलाईन कपी भएको भनी प्रमकहां उजुरी परेको हो । जनआस्था साप्ताहिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७