फेरि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


२७ कार्तिक २०७६, बुधबार
gold 2

काठमाडौं, २७ कार्तिक । नेपाली बजारमा हिजो स्थिर रहेको सुनको भाउ आज फेरि बढेको छ ।
बुधबार सुनको मूल्य सामान्य बढेको छ ।

मंगलबार तोलामा ७१ हजार २०० मा कारोबार भएको छापावाल सुन बुधबार तोलामा २०० ले बढेर ७१ हजार ४०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ७१ हजार १०० मा कारोबार भएको छ । यस्तै चाँदी पनि मंगलबारको तुलनामा रु ५ ले बढेर तोलामा रु ८५० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७