बैंकहरुलाई मर्जरमा जान बाध्यकारी छैन : अर्थमन्त्री खतिवडा

कामना विकास बैंकले मनाए १३ औँ बार्षिकोत्सव


२७ कार्तिक २०७६, बुधबार
yuvraj khatiwada

काठमाडौं, २७ कार्तिक । अर्थमन्त्री डाक्टर युवराज खतिवडा बैंकहरुलाई मर्जरमा जान बाध्यकारी नभएको बताएका छन् ।

बुधबार काठमाडौंमा कामना सेवा विकास बैंकको १३ औं बार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले बैंक मर्जर कसैको करकाप र हतारमा गरिने बिषय नभएको बताए । उनले सरकार बाध्यकारी मर्जरको पक्षमा नरहेको र नेपालमा बाध्यकारी मर्जर गराउन सम्भव नरहेको बताए ।

उनले दक्षिण एसियामा नेपालका बैंकहरु नियमनकारी निकायको सुपरिवेक्षणको हिसाबले, निष्कृय कर्जाको हिसाबमा र सपूर्ण व्यवस्थापनको हिसाले तुलनात्मक रुपमा उत्कृष्ट भएको प्रतिक्रिया दिए ।

उनले बैंकहरुले आफु बलियो बन्न ग्राहकलाई पनि बलियो बनाउनुपर्ने बताए । उपभोगमा गर्ने कर्जा लगानीले एक पटक नाफा भएपनि दीर्घकालिन रुपमा भने नहुने तर उत्पादन कर्जा थोरै भएपनि दीर्घकालिन नाफा हुने उनले बताए ।

मन्त्री खतिवडाले विकास बैंकलाई साना तथा मझौला उद्योगमा लगानी बढाउन आग्रह पनि गरे ।
कामना सेवा बैंकले वार्षिकोत्सव कार्यक्रममा देशका ५२ ठाउँमा ५२ शाखा विस्तार गरेको छ । १३ औं वार्षिकोत्सव कार्यक्रममा सातवटै प्रदेशमा ५२ शाखा विस्तार गरेको हो । हाल बैंकले २६ अर्ब बराबरको निक्षेप संकलन गरेको छ भने २२।५ अर्ब ऋण प्रवाह गरेको जनाएको छ । साथै, बैंकले एबिबिएस, लेटेस्ट इन्टरनेट बैकिङ र मोबाइल बैंकिङ, सि–एएसबिए लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७