मिर्गौला किनबेच काण्डमा निदान अस्पतालका सिइओसहित पाँच जना जेल चलान


२७ कार्तिक २०७६, बुधबार
nidan

काठमाडौं, २७ कार्तिक । मिर्गौला किनेचच काण्डमा पक्राउ परेका ललितपुरस्थित निदान अस्पतालका सिइओसहित पाँच जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।

ललितपुर जिल्ला अदालतको आदेशअनुसार उनीहरुलाई मंगलबार पुर्पक्षका लागि जेल चलान गरिएको हो । उनीहरुमाथि नाता नपर्ने व्यक्तिलाई भाञ्जा बनाएर मिर्गौला प्रत्यारोपण गरेको आरोप लागेको छ । मिर्गौला प्रत्यारोपण गरिएका व्यक्ति रामेछाप दोरम्बा–३ का शंकर लामा योञ्जन हुन् ।

उनीहरु पाँचै जनालाई मानव बेचविखन मुद्दामा पुर्पक्षका लागि जेल चलान गरिएको मानव बेचविखन अनुसन्धान ब्यूरोका एसपी गोविन्द थपलियाले जानकारी दिएका छन् । उनीहरुलाई मानव बेचविखन तथा ओसारपसरा ऐन अन्तर्गत अनुसन्धान गरी कारबाही प्रक्रियाअघि बढाइएको छ ।

मिर्गौला किनबेच गरी प्रत्यारोपण गराएको भन्दै प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोले अस्पतालका सिइओ विपेन्द्र प्रधान, अस्पतालका कानुनी सल्लाहकार कुमुदकुमार भट्टराई, डाक्टर राजेश पन्त, मिर्गौला लिने बिरामी शंकरलाल लामा र जिल्ला प्रशासन कार्यलयका शाखा अधिकृत रामचन्द्र आलेलाई प्रहरीले गत असोज २९ गते मिर्गौला तस्करी काण्डमा संलग्न भएको आरोपमा पक्राउ गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७