उपनिर्वाचन : राउतको पार्टी पहिलोपल्ट निर्वाचन प्रक्रियामा, अञ्जनीदेवीको उम्मेदवारी


२७ कार्तिक २०७६, बुधबार
ck raut

जलेश्वर, २७ कार्तिक । निर्वाचन प्रक्रियामा पहिलो पटक होमिएको डा. सिके राउत नेतृत्वको पार्टीबाट महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष पदमा हुने उपनिर्वाचनमा एक महिलाले उम्मेदवारी दिएकी छन् ।

गाउँपालिकाको अध्यक्ष पदमा डा. सिके राउत नेतृत्वको जनमत पार्टीबाट पिपरा गाउँपालिका–५ स्थायी घर भएकी अञ्जनीदेवी मण्डलले उम्मेदवारी दिएको सो पार्टीका महोत्तरी जिल्ला इन्चार्ज सञ्जय यादवले बताए ।

उम्मेदवार मण्डल सो पार्टीको तर्फबाट ‘लाउडस्पिकर’ छाप लिएर चुनावी मैदानमा उत्रिएकी छन् । पहिलो पटक पार्टी चुनावमा आएको र केही अलग गर्ने उद्देश्य रहेको बताउँदै उम्मेदवार मण्डलले आफ्नो पार्टीले चुनाव जित्ने जिकिर गरिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७