अब शिक्षकको पनि निजामती कर्मचारीको जस्तै बढुवा


२७ कार्तिक २०७६, बुधबार
teacher

काठमाडौं, २७ कार्तिक । सामुदायिक विद्यालयमा अध्यापन गराईरहेका शिक्षकहरुको अब निजामती कर्मचारीको जस्तै बढुवा हुने भएको छ ।

मन्त्रिपरिषद्ले गत साता स्वीकृत गरेको राष्ट्रिय शिक्षा नीतिमा शिक्षकको पनि निजामति कर्मचारी सरह बढुवा गरिने व्यवस्था गरिएको छ । यसअघि शिक्षकलाई बढुवाको व्यवस्था थिएन ।

यो व्यवस्था कार्यान्वयनमा आएपछि तल्लो तहमा कार्यरत शिक्षक कार्य सम्पादनको आधारमा माथिल्लो तहमा पनि बढुवा हुन पाउने छन् । तर यसको लागि न्युनतम शैक्षिक योग्यता भने पुगेको हुनुपर्ने व्यवस्था गरिएको छ । बढुवा गर्दा शिक्षकको सक्षमता, अनुभव, शैक्षिक योग्यता र कार्य दक्षतालाई आधार मानिने शिक्षा मन्त्रालयले जनाएको छ ।

यसअघि एकै तहमा लामो समयसम्म पढाइरहेका शिक्षकलाई अनुभवको आधारमा ग्रेडवृद्धि गर्ने व्यवस्था रहे पनि माथिल्लो तहमा बढुवा हुन पाउने अवसर दिएको थिइएन ।

शिक्षा नीतिमा सार्वजनिक विद्यालयको गुणस्तर बढाउन पाँच वर्ष भित्रमा विषय शिक्षाको व्यवस्था गर्ने र शिक्षक दरबन्दी कमी हुने समस्यालाई समाधान गर्न प्रदेश तथा स्थानीय सरकारलाई समेत शिक्षक नियुक्त गर्न दिने उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७