बंगलादेशी नागरिकलाई गर्मी मौसममा शितलता लागि नेपाल भ्रमणको राष्ट्रियसभा अध्यक्षको निम्तो


२७ कार्तिक २०७६, बुधबार
Bangladesh president Hamid and Chairperson Upper House Ganesh timinsina 3
a+unfb]zsf /fi6«klt;Fu /fli6«o;efsf cWoIf ltdlN;gf e]6 sf7df8f}F, @& sflQs -/f;;_ M g]kfnsf] rf/lbg] cf}krfl/s e|d0fdf /xg’ePsf a+unfb]zsf /fi6«klt df]xDdb cAb’n xldb;Fu a’waf/ xf]6n d]l/o6df lzi6frf/ e]6jftf{ ug'{x’Fb} /fli6«o;efsf cWoIf u0f]zk|;fb ltdlN;gf . t:jL/ M k|lbk/fh jGt

 काठमाडौँ, २७ कात्तिक । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मार्फत बंगलादेशी नागरिकलाई गर्मी मौसममा शितलता लागि नेपाल भ्रमणका लागि निम्तो दिएका छन् ।

चार दिने नेपाल भ्रमणमा रहेका राष्ट्रपति हमिदसँग भएको शिष्टाचार भेटवार्तामा अध्यक्ष तिमिल्सनाले नेपालले २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउन लागेकाले जानकारी दिैँदै नेपाल भ्रमण लागि निम्तो गरेका हुन् ।

अध्यक्ष तिमिल्सिनाले दुई देशको जनस्तर र संसदीय सम्बन्ध अभिवृद्धी गर्नुपर्ने धारणा राख्दै भ्रमण तथा अनुभव आदान–प्रदान हुनुपर्ने बताए । यसका लागि दुई देशका संसदीय मैत्री समूहले भूमिका खेल्ने जानकारी गराए ।

भेटमा राष्ट्रपति हमिदले दूरीले नजिक दुई देशबीच आर्थिक विकासका लागि सहकार्यका थुप्रै क्षेत्र भएको बताए । राष्ट्रपति हमिदले बङ्गलादेशको स्वतन्त्रता सङ्ग्राममा समर्थन गर्ने नेपाल ७ औं राष्ट्र भएको बताउँदै उक्त समर्थनको प्रशंसा गरे ।

त्यसैगरी दुई देशको जनस्तर र संसदीय सम्बन्धलाई अभिवृद्धी गर्न भ्रमण आदन(प्रदान गर्नुपर्ने बताउँदै उनले अध्यक्ष तिमिल्सिनालाई बङ्गलादेश भ्रमणका लागि विशेष निमन्त्रणा गरे ।
उनले नेपाल जस्तो सुन्दर र नजिकको देशमा अघिल्लो वर्ष २० हजारबढी बङ्गलादेशी जनताले भ्रमण गरेको जानकारी गराउँदै यसलाई बृद्धि गर्न सकिने धारणा राखे ।

 

 

एक अर्को प्रशंगमा राष्ट्रपति हमिदले बङ्गलादेशमा पढ्ने नेपाली विद्यार्थीको भिषा समस्या समधानमा आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

भेटवार्तामा अध्यक्ष तिमिल्सिनाले नेपाल र बङ्गलादेशको कूटनीतिक सम्बन्ध कायम भएदेखि नै मैत्रीपूर्ण रहेको बताए। उनले दुई देशबीच व्यापार, पर्यटन र संस्कृतिजस्ता क्षेत्रमा आपासी हितका लागि सहकार्य गर्न सकिने धारणा राखे ।

उनले नेपाल राजनीतिक मुद्दा समधानपछि विकास र समृद्धिमा केन्द्रित रहेको जानकारी दिँदै बङ्गलादेशको सहयोगको अपेक्षा गरे।

‘दुई देशबीच अहिले व्यापार घाटा रहेको छ । यसलाई कम गर्नका लागि जलविद्युत र पर्यटनका क्षेत्रको सहकार्य बढाउनुपर्छ, उनले भने,‘जलविद्युत उत्पादन, ग्रिड जडान र विद्युत प्रवाहमा सहकार्य गर्दा दुबै देशलाई फाइदा पुग्छ ।’

भेटमा राष्ट्रपति हमिदसँग भएको भेटमा दुई देशबीच आपसी सम्बन्ध र सहकार्यबारे कुराकानी भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७