अब कर्मचारीको सरुवा ‘चक्रीय’ प्रणालीबाट, कहाँ सरुवा हुँदैछ भन्ने अग्रिम जानकारी


२७ कार्तिक २०७६, बुधबार
karmachari sarkari psc 768x390 1

काठमाडौं, २७ कार्तिक । कर्मचारीहरुको सरुवामा भनसुन चल्ने गरेको आरोप र गुनासो आइरहेका बेला सरकारले निजामती कर्मचारीको सरुवा चक्रीय प्रणालीमा गर्ने भएको छ ।

कर्मचारीको सरुवा चक्रीय प्रणालीमा गर्नका लागि प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले आज सहमति जुटाएको छ । समितिमा छलफलमा रहेको निजामती कर्मचारी विधेयकमा पूर्वानुमान योग्य हुने गरी कर्मचारीको सरुवाको चक्रीय प्रणालीमा गर्ने विषयमा बुधबार सहमति जुटेको हो ।

‘निजामती कर्मचारीलाई सरुवा गर्दा अनिवार्य रुपमा चक्रीय प्रणाली अवलम्बन गरिने छ । यसरी सरुवा गर्दा निजामती कर्मचारीलाई सबै भौगोलिक क्षेत्रको अनुभव दिलाउने र पूर्वानुमान योग्य हुने गरी तोकिए बमोजिमको आधार र प्राथमिकता बमोजिम पारदर्शी रुपमा गरिने छ’ समितिले सहमति जुटाएको विधेयकको दफा २२ मा भनिएको छ ।

मेरो सरुवा कहाँ हुँदैछ भन्ने जानकारी समेत पाउने गरी चक्रीय प्रणालीमा सरुवा गर्ने व्यवस्था विधेययकमा गर्न लागिएको सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइरालाले जानकारी गराएका छन् ।

कर्मचारी सरुवामा हालसम्म चक्रीय प्रणाली लागू भएको छैन । स्थानीय तहहरुको आधारमा नेपालको भूगोललाई चार वर्गमा विभाजन गरी कर्मचारीलाई चक्रीय रुपमा सरुवा गर्ने गरी विधेयकमा व्यवस्था गर्न लागिएको हो । स्थानीय तहहहरुलाई क, ख, ग र घ वर्गमा विभाजन गरिनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७