माछापुच्छ्रे बैंकको चितवनदेखि कैलालीसम्म ११ नयाँ शाखा विस्तार


२७ कार्तिक २०७६, बुधबार
823 1573635475Machhapuchre 1

काठमाडौँ,२७ कार्तिक । माछापुच्छ्रे बैंकले देशका विभिन्न जिल्लामा ११ शाखा कार्यालयहरुको औपचारिक उद्घाटन गरेको छ ।

बैंकले चितवनको हाकिमचोक र पर्सा, नवलपरासीको वर्दघाट, रुपन्देहीको मनिग्राम, कपिलबस्तुको चन्द्रौटा र तैलिहवा, दाङ्गको तुल्सीपुर र लमही, वर्दियाको गुलरिया तथा कैलालीको लम्की र अत्तरियामा शाखा कार्यालय बिस्तार गरेको हो ।


उक्त शाखा कार्यालयहरुको सम्बन्धित महानगरपालिका तथा नगरपालिकाका जनप्रतिनिधि एवम् माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष डा। वीरेन्दप्रसाद महतोले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

माछापुच्छ्रे बैंकले देशका हरेक बर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँनयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको जनाएको छ ।

बैंकले देशभर १४४ वटा शाखाहरु र १३३ शाखारहित बैंकिङ सेवासमेत गरी जम्मा २७७ स्थानबाट ग्राहकमा सम्पूर्ण बैंकिङ सुबिधा प्रदान गरिरहेको छ । साथै देशभर रहेका १६७ वटा एटीएमहरुमार्फत बैंकले २४ सै घन्टा सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७