लोकसेवाद्वारा स्वास्थ्य सेवाको आठौँ र सातौँ तहमा ठूलो संख्यामा आवेदन माग

 काठमाडौ, २५ कार्तिक । लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (प्राविधिक) तथा स्वास्थ्य सेवाका आठौँ र सातौ तहका पदमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।

विभिन्न सेवा, समूह, उपसमूह तथा श्रेणी–तहका आ. प्रा. खुला तथा समावेशी पदहरुमा प्रतियोगितात्मक परीक्षाबाट पदपूर्तिका गरिन लागेको आयोगले जनाएको छ ।

आगामी मंसिर १८ भित्र र दोब्बर दस्तुर तिरेर मंसिर २४ भित्र आवेदन दिन माग गर्दे आयोगले विज्ञापन सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्