अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाललाई ४ गोल्ड, गोपीले जिते कांस्य


२५ कार्तिक २०७६, सोमबार
2 1

काठमाडौँ, २५ कार्तिक । दोस्रो टिभारा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा गोपी पुन मगर (गगन)ले कांस्य पदक जितेका छन् ।

कार्तिक २४ मा थाइल्यान्डको बैंककमा भएको दोस्रो टिभारा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा गगनले स्पाइरिङमा कांस्य पदक जितेको हो । गगनले ७५ तौल समूहमा भएको खेलमा जितेको हो ।

विद्यार्थी राजनीतिमा सक्रिय रहेका गगन ११ वर्षदेखि खेल क्षेत्रमा सक्रिय छन् । नेवि सङ्घका निवर्तमान केन्द्रीय सदस्यसमेत रहेका गगनले इजिप्टमा भएको वर्ड च्याम्पियनसिप प्रतियोगितामा पनि रजत पदक जितिसकेका थिए । बैङ्कमा भएको खेलमा सात देशका ले सहभागी जनाएको थियो ।

नेपालको तर्फबाट मात्रै १८ जनाले उक्त खेलमा सहभागिता जनाएको थियो । २ दिने उक्त खेलमा नेपालले ४ गोल्ड मेडल, ४ सिल्भर र कांस्य २ वटा जितेका छन् । खेलमा नेपालबाट भाग लिएका टोलीले वेस्ट टिमको उपाधि हात पारेको थियो । त्यस्तै तेक्वान्दो निर्णायक मास्टर अशोक खड्का उत्कृष्ट रेफ्री घोषित भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७