रिया मनि ट्रान्स्सफर युके मार्फत नेपाल पैसा पठाउदा इन्द्रराज शेरचनले जिते र्दुइ गुणाबढी रकम


२७ कार्तिक २०७६, बुधबार
Picture

काठमाडौं,२७ कात्तिक । सेवाग्राही इन्द्रराज शेरचन दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत सातौँ हप्ताको विजेता घोषित भएका छन् ।


शेरचन सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत विजेता घोषित भएका छन् । सेवाग्राहीले युकेबाट अफर अवधिमा आइएमई मार्फत नेपालमा रहेका आफन्तलाई पैसा पठाएका थिए । उनले युके स्थित रिया मनि ट्रान्स्सफर मार्फत ५० हजार १ सय ३७ नेपालमा पैसा पठाएका थिए । जसको दुई गुणा हुन आउने रकम १ लाख २ सय ७४ जित्न सफल भए ।


पुरस्कार राशी सेवाग्राही शेरचनको सिफारिसमा उनका आफन्त चेलीमाया गौचनले ग्रहण गरे । आइएमईले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफर सार्वजनिक गरेको छ । उक्त अफर २०७६ साल भदौ १५ गतेदेखि कार्तिक मसान्त ९सेप्टेम्बर १ देखि नोभेम्बर १६, २०१९० कूल ७७ दिनसम्म कायम रहनेछ ।


अफर अनुसार हरेक दिन आइएमई पे मार्फत पैसा पठाउने हरेक भाग्यशाली सेवाग्राहीहरुलाई आइएमई पे वालेटमा डबल रिवार्ड प्वाइन्ट, हरेक हप्ता दुई २ जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुई २ जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक १ जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७