युवा संघले टुंग्यायो ७७ जिल्लाका एकता, को–को बने संयोजक र सहसंयोजक ? (सूचीसहित)


२८ कार्तिक २०७६, बिहीबार
youwa sangh

काठमाडौं, २८ कार्तिक । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध राष्ट्रिय युवा संघ नेपालले जिल्ला कमिटीहरूको एकीकरण टुङ्गो लगाएको छ ।

युवा संघले बुधबार ७७ जिल्लाको संयोजक र सहसंयोजकको टुङ्गो लगाएको हो । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रका युवा संगठनहरु युवा संघ नेपाल र वाईसीएलबीच केन्द्रमा एकता टुंगिए पनि जिल्ला तहमा भने बुधबार टुङ्गो लगाएको हो ।

७७ जिल्लामध्ये युवा संघले ४२ र वाईसीएलले ३५ जिल्ला संयोजक र वाईसीएलले ४२ जिल्ला सहसंयोजक र युवा संघले ३५ जिल्ला सहसंयोजक पाएका छन् । युवा संघले अध्यक्ष पाएको जिल्लामा वाईसीएलले सहसंयोजक र वाईसीएलले अध्यक्ष पाएको जिल्लामा युवा संघबाट सहसंयोजक बनाइएको छ ।

कात्तिक १६ को बैठकले दुई संगठनबीच जिल्लाको भागबण्डा टुंग्याए पनि नामको भने टुङ्गो लगाएको थिएन् ।

जिल्ला तहसम्मको एकताको टुङ्गो लगाएसँगै युवा संघले यही कात्तिक ३० गते काठमाडौंमा केन्द्रीय समितिको शपथग्रहण र मंसिर १ गते राष्ट्रिय भेला समेत आयोजना गर्ने भएको छ । भेलामा जिल्लाका संयोजक सहसंयोजक र प्रत्येक जिल्लाबाट दुई महिलालाई समावेश गरिने जनाइएको छ ।
हेर्नुस् सूची

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७