बंगलादेशी राष्ट्रपतिद्वारा फेवातालमा डुंगा शयर, अब रुपाकोटबाट पोखराको दृष्यावलोकन गर्ने


२८ कार्तिक २०७६, बिहीबार
PRO Pokhara 1200 scaled

पोखरा, २८ कार्तिक । नेपालको चार दिने भ्रमणका लागि आएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले आज (बिहीबार) पोखराको फेवातालमा डुंगा शयर गरिरहेका छन् ।

hamid 1 2
तस्विर : रासस

राष्ट्रपति हमिद बिहीबार बिहान ११ः३० बजे नेपाली सेनाको हेलिकप्टरबाट पोखरा पुगेका हुन् । पोखरा विमानस्थलमा राष्ट्रपति हमिदलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख, कार्यवाहक मुख्यमन्त्री, मन्त्री, जनप्रतिनिधि, सरकारी उच्चपदस्थ अधिकारीले स्वागत गरेका थिए ।

hamid 2 1
तस्विर : रासस

राष्ट्रपति हमिदसहितको टोली विमानस्थलबाट सिधै फेवाताल पुगेको पुगेको हो । फेवातालमा डुंगा शयरपछि राष्ट्रपति हमिद नेपाली सेनाको हेलिकोप्टरबाट रुपा गाउँपालिकास्थित रुपाकोट रिसोर्ट पुगी त्यहाँबाट पर्यटकीय नगरी पोखराको दृष्यावलोकन गर्ने काकर्यक्रम रहेको छ । राष्ट्रपति हमिद आजै काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।

hamid 3 1
तस्विर : रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७