अब निजामती कर्मचारीको अवकास उमेर हद ६० वर्ष


२८ कार्तिक २०७६, बिहीबार
rajya byabstha samiti

काठमाडौं, २८ कार्तिक । निजामती कर्मचारीको अवकास उमेर हद ६० वर्ष हुने भएको छ ।

राज्य व्यवस्था समिति बैठकमा निजामती कर्मचारीको सेवा अवधि दुई वर्ष थप गर्दै ६० वर्ष बनाउने बिषयमा सहमति जुटेको हो । यसअघि निजामती सेवा ऐनमा निजामती कर्मचारीको अवकासको उमेर हद ५८ वर्ष थियो ।

सिंहदरबारमा बिहिबार बसेको समिति बैठकमा संघीय निजामती सेवाको गठन सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमाथिको प्रतिवेदनमा भएको छलफलका क्रममा अवकासको उमेर हद हरेक वर्ष ६–६ महिना थपिने र २०२१ सालदेखि मात्र पूर्ण रुपमा लागू हुने गरी कानूनी व्यवस्था गर्ने सहमति जुटेको छ ।

यसअघि लोक सेवा आयोगले सरकारलाई सबै कर्मचारीहरुको अवकाशको उमेर हद ६० वर्ष कायम गर्न सुझाव दिएको थियो ।

बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले निजामति प्रशासनको सुधारका लागि सरकार सदैव सकारात्मक भएर अघि बढ्ने बताए । मुलुकमा भएको राजनीतिक परिवर्तनसँगै कर्मचारी ऐन पनि परिवर्तन गरेर अघि बढ्नुपर्ने उनले बताए ।

बैठकमा सांसदहरुले ज्येष्ठताको आधारमा भन्दा पनि कार्यक्षमताका आधारमा कर्मचारीको बढुवा गर्नुपर्नेमा जोड दिएका थिए ।

त्यस्तै उनीहरुले राम्रा काम गर्ने कर्मचारीहरुलाइ सरकारले उचित प्रोत्साहनको व्यवस्था गर्नुपर्ने पनि बताएका थिए ।

बैठकमा केहि सांसदहरुले भने न्यायाधीश, प्राध्यापक, संवैधानिक निकायका अधिकारीहरुका साथै निजामति कर्मचारीहरुको उमेरहद पनि समान राखिनुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७