घामड शेरे हेर्दाहेर्दै हल मालिक नै पक्राउ परेपछि…


२८ कार्तिक २०७६, बिहीबार
govinda shahi

काठमाडौं, २८ कार्तिक । घामड शेरे चलचित्र हेर्न पुगेका हल मालिक सिनेमा घरबाटै प्रहरीको फन्दामा परेका छन् ।

क्युएफएक्सका मालिक नकिम उद्धिनहरू हलको शाखा विस्तारप्रति आक्रामक बन्दै छन् । गत बिहीबार मात्र भक्तपुरमा नयाँ शाखा विस्तार हुँदै थियो । उनकै निमन्त्रणामा नयाँ शाखा उद्घाटन र घामड शेरे हेर्न पुगेका हल मालिक गोविन्द शाही समातिएका हुन् ।

लिलीबिली चलचित्रको एक करोड रकम हिनामिना गरेको आरोप खेप्दै आएका उनीविरुद्ध निर्माताद्वय मिलन चाम्स र सुदीप खड्काले उजुरी दिएका थिए ।

सोही आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरी कालिमाटी वृत्तको जिम्मा लगाएको छ । यही अभियोगमा २ महिनाअघि नै पक्राउ परी १४ दिन हिरासतमा बिताएका उनलाई अदालतले उपस्थितिका लागि पटक–पटक आदेश दिँदा समेत अटेर गरेको खबर जनआस्थाले छापेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७