विश्वमा मधुमेहको खतरा पनि बढ्दै, कसरी बच्ने ? {भिडियाेसहित}

काठमाडाैं, २८ कार्तिक ।  दिवसका अवसरमा बिभिन्न संघ संस्थाहरुले काठमाडौंमा जनचेतामुलक कार्यक्रमको आयोजना गरेका थिए ।विश्व स्वास्थ्य संगठन र अन्तराष्ट्रिय  मधुमेह संगठनले १९९१ देखि प्रत्येक बर्ष मधुमेह दिवस मनाउँदै आएका छन ।

विश्व मधुमेह दिवसको अवसरमा नेपाल मधुमेह समाज तथा काठमाडौँ महानगरपालिकाको संयुक्त तत्वावधानमा आयोजित कार्यक्रममा सहभागी विज्ञले नेपालको शहरी क्षेत्रमा दिनदिनै मधुमेहका बिरामीको सङ्ख्या बढ्दै गएकोमा चिन्ता व्यक्त गरे।  

नेपाल मधुमेह समाजका अध्यक्ष शिव श्रेष्ठले मधुमेहले काठमाडौँ तथा देशभर नै प्रभावित पारेको बताए । बिलासिता जीवन र खानपानमा ध्यान नदिँदा मुधमेह रोगीको सङ्ख्या बढ्दै गएको उल्लेख गरे। समाजका वरिष्ठ सदस्य एवं कार्यक्रम संयोजक डा चुन्दा बज्राचार्य, समाजका संस्थापक अध्यक्ष मृगेन्द्रराज पाण्डे, मधुमेह तथा थाइराइड विशेषज्ञ डा प्रदीपकुमार श्रेष्ठ र खाद्य प्रविधि विशेषज्ञ आलोक श्रेष्ठले कारखानाबाट प्रशोधित भई उत्पादन भएका खाद्यवस्तुको सेवन यो रोगको प्रमुख कारण भएकाले विद्यालय क्षेत्र तथा परिवारभित्र ‘जङ्कफुड’ तथा ‘अल्ट्राप्रोसेस्ड’ खानेकुराको प्रयोगमा कमी ल्याउन सुझाव दिए ।

हाडरोग विशेषज्ञ डा शैलाज रन्जितकार, तिलगङ्गा अप्थाल्मोलोजी इन्ष्टिच्युटका नेत्ररोग विशेषज्ञ डा इली प्रधान र मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीले मुटुलाई स्वस्थ्य राख्न मधुमेह लाग्न नदिनेतर्फ विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

प्रत्येक वर्ष नोभेम्बर १४ मा विश्व मधुमेह दिवस मनाइन्छ। मधुमेह रोग अग्न्याशय अर्थात् प्यान्क्रियाज ग्रन्थिले इन्सुलिन हर्मोन उत्पादन नगर्दा वा शरीरका कोषहरूले इन्सुलिनलाई उचित प्रतिक्रिया नदिँदा हुन्छ।

रगतमा ग्लुकोजको मात्रा बढी हुँदै गएमा मधुमेह हुन्छ । शरिरको तौल बढ्दै गएमा मानिसमा मधुमेहको खतरा पनि बढ्दै जाने सम्भावना हुन्छ । उच्च रक्तचापको समस्या भएको मानिसलाई मधुमेह हुन सक्ने चिकित्सकहरुले जनाएका छन् । 

अहिले विश्वभर ४५ करोडभन्दा बढी जनसंख्या मधुमेहको खतरामा छन । सबैभन्दा बढी भारत र चीनमा मधुमेहका रोगी छन् । भारतमा पनि ८.४ प्रतिशत जनसङ्ख्यामा मधुमेह देखिएको छ, अमेरिकामा पनि लगभग त्यस्तै छ। 

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार नेपालमा मधुमेहका बिरामीको सङ्ख्या ९.१ प्रतिशत देखिएको  छ । गत चार दशकमा संसारभरि मधुमेहका रोगीहरू चारगुणाले बढेका छन्।

पछिल्लो समय कम उमेरमै मधुमेहका बिरामीको सङ्ख्या बढ्न थालेकाे छ ।  त्यसबाहेक बच्चालाई धेरै खानेकुरा कोच्याएर खुवाउने गरिएकाले पनि पछि गएर मधुमेहको जोखिम रहने उनले बताइन्।  खानेकुरामा सानै बेलादेखि ध्यान नदिँदा र पर्याप्त व्यायाम नगर्दा पनि यो रोग लाग्न सक्ने जोखिम बढ्न सक्छ।

मधुमेहका बिरामीले हेलचेक्र्याइँ गर्दा मिर्गौला खराब हुने, पक्षाघात, अन्धोपन तथा खुट्टा काट्नुपर्नेसम्मका अवस्था आउने भएकाले सचेत रहन जरुरी देखिन्छ ।

मधुमेहका प्रकार

मधुमेह – १
  शरीरले ईन्सुलिन उत्पादन गर्नै सक्दैन भने मधुमेह – २ मा शरीरले उचित र पर्याप्त मात्रामा ईन्सुलिन उत्पादन गर्न नसक्ने हुन्छ । मधुमेह रोगीहरुमा १०५ मधुमेह-१ बाट पीडित हुन्छन् भने बाकी ९- ५ मा मधुमेह- २ देखापर्ने गरेको छ ।

मधुमेह -२
इतिहासको कहालीलाग्दो प्राणघातक रोग एबिनगभ जस्तै एककाइसौ सताब्दी को घातक रोगको रुपमा संसारभरि फैलिरहेको छ । यस्ले मानब जातिको स्वास्थ्यमा नराम्ररी असर पारेको पाईन्छ । मधुमेह रोग विशेस गरेर आहार बिहारको गलत छनौटको परिणामबाट बढी मात्रामा देखिने गर्दछ। यो रोग  (Type-II Diabetes ) धेरैजसो रोकथाम गर्न सकिने, उपचार गर्न सकिने हो तथा सन्तुलित खान्की र अनुशासित जीवनशैलीबाट नियन्त्रण हुनसक्ने रोग पनि हो ।

राेकथाम कसरी गर्ने ?

मधुमेहको रोकथामका लागि पहिले पहिले बिरामीलाई भोकैबस्नु पर्ने सल्लाह दिइन्थ्यो । समयको परिवर्तनसंगै यो रोगको नियन्त्रणका लागि चिनी मिश्रित सम्पूर्ण खाद्यपदार्थहरु नखाने सल्लाह दिइयो । बिगत केहि बर्ष अगाढी देखि बजारमा मधुमेह रोगीले खानहुने चिनी बिहिन खाद्यपदार्थहरु पाइन थाल्यो । यी खाद्यपदार्थहरुको प्रयोगबाट पनि केहि नकारात्मक असर देखिन थाल्यो।

मधुमेहको उचित व्यवस्थापन गर्न आज भोलि सबैले खाने सन्तुलित खानालाई नै मिलाएर खान सल्लाह दिन सुरु गरिएको छ । सन्तुलित खानाका साथसाथै शारिरीक व्यायामलाई पनि महत्व दिन थालिएको छ।

यो रोगको असर विशेष गरेर बनस्पति जन्य (Plant -based ) खाना खानेहरुमा कम र मांशहारीमा बढी मात्रामा देखिएको छ । मधुमेह रोगीले कम खाना खान भन्दा गुणस्तरिय सन्तुलित खानामा बढी जोड दिनुपर्ने हुन्छ ।

बनस्पति जन्य (Plant -based ) खाद्यपदार्थहरु जस्तै गेडागुडीहरु (दाल, कबुली चना, राज्मा,चना, केराउ, टुसा उमारेको आदि), प्राकृतिक रुपमा पाईने अन्न – Whole Grain  (  गहु, जौ, बाजरा, कोदो, फापर आदि ), तरकारीहरु  (काउली, कुरिल्लो, च्याउ, फर्सी, इस्कुश, करेला, रामतोरिया, सक्खरखण्ड आदि)  , हरियो साग सब्जीहरु र फलफुलहरु (श्याउ, येभोकाडो, केरा, जामुन, भोगटे, किवी, अंगुर आदि) मिलाएर खानुपर्छ । 

  • मधुमेह रोगीले आफ्नो शरीरको स्वस्थ्यकर तौल कायम राखन सक्नुपर्छ ।
  • खानामा नुन र चिल्लोको मात्रा कम गर्नुपर्छ ।
  • मासुखानै पर्दा बोसो रहित ( lean  meat ) मासु खाने गर्नुपर्छ ।
  • घिउ कम भएको दुग्द पदार्थको प्रयोग गर्नु पर्छ जस्तै मोही, चिनी नराखिएको दही, भटमास को दुध (soya milk) आदि।
  • ओखर, बदाम, चिया सीड (Chia seed ), आलश (Flax  seed ), फर्सीको बिया, तील जस्ता बडीमात्रामा फाईबर(fiber) भएका खानेकुराहरु खानामा समाबेश गर्नुपर्छ ।
  • स्याउ, आरु जस्ता फलफुलहरुको सुकुटी पनि मधुमेहका बिरामीले खान उपयुक्त हुन्छ ।

मधुमेहको खान्कीमा अदुवा फाइदाजनक देखिएको छ । सन् २०१४ मा इरानमा गरिएको एउटा अध्यनले दिनहु ३ ग्राम ( १ १/२ चिया चम्चा ) अदुवा को धुलो ८ हप्ता सम्म सेवन गर्दा  ‘Fasting  Blood  Sugar’ र ‘HbA1C’ को परिक्षणमा उलेखनीय  कमि पाइएको छ  ।

मधुमेहको रोकथाम र उपचारका लागि सन्तुलित खाना खानु पर्छ । स्वस्थ्य मानिसले सन्तुलित खाना र नियमित ब्यायामले मधुमेहबाट बच्न सक्छन। त्यसैगरि मधुमेहका बिरामीलाई पनि सहज जिवन बिताउन नियमित ब्यायाम र सन्तुलित भोजनको आवश्यक्ता पर्छ।

सन्तुलित खानाका लागि पोषण विशेषज्ञहरुसँग परामर्श पनि लिन सकिन्छ। पोषण विशेषज्ञहरुले खानाको तालिकामा मदत गर्छन जस्ले गर्दा मधुमेहका बिरामी वा स्वस्थ्य मानिसलाई के खाने वा नखाने भन्ने अलमल हुँदैन।

 

प्रतिक्रिया दिनुहोस्