सिर्जनाको सफलता : २७ वर्षमै सांसद


१३ पुष २०७४, बिहीबार

काठमाण्डौं : राजनीतिमा कालो कपाल सेता बनाई सक्दा समेत धेरैले माथिल्लो तहको सफलता पाउन सक्दैनन् । अझ जिल्ला तहमा काम गर्ने नेता–कार्यकर्ताको राजनीतिक इतिहास खोज्दै जाने हो भने यस्ता उदाहरण धेरै पाउन सकिन्छ ।sirjana saiju 1

तर, कोही मानिस छोटो समयमै राजनीतिमा सफल मात्र हुँदैनन्, निकै उचाइ समेत ग्रहण गर्छन् । यस्तै संयोग नेपाल मजदुर किसान पार्टीकी एक २७ वर्षीया नेत्तृ सिर्जना सैंजुलाई मिलेको छ । २७ वर्षीया सिर्जना सैंजुलाई नेपाल मजदुर किसान पार्टीले प्रदेश नम्बर–३ को सांसद बनाएको छ । नेमकिपाले प्रदेश नम्बर–३ मा समानुपातिक तर्फ एक सिट मात्र प्राप्त गरेको थियो ।

नेमकिपाले बुधबार सैंजुलाई प्रदेश सांसद निर्वाचित गर्दै निर्वाचन आयोगलाई जानकारी दिएको हो । उनी हाल नेमकिपाको सेल कमिटीको उपाध्यक्ष छिन् । उनी नेमकिपाको भातृ संगठन नेपाल क्रान्तिकारी विद्यार्थी संघको केन्द्रीय सदस्य भईसकेकी छिन् । सिर्जना नेमकिपाको आस्था सांस्कृतिक परिवारको पूर्व अध्यक्ष समेत हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७