अवैध सम्बन्धका कारण आमासँगै जुम्ल्याहा बालिकाको हत्या


२८ कार्तिक २०७६, बिहीबार
hatya 1 2

गुल्मी, २८ कार्तिक । गुल्मीको चन्द्रकोटमा केहि दिनअघि गरिएको दुई बालिका र एक महिलासहित तीन जनाको विभत्स हत्याको रहष्य खुलेको छ ।

प्रहरीले हत्या आरोपी दुई जनालाई पक्राउ गरेपछि घटनाको पर्दा खुलेको हो । पक्राउ पर्नेमा बाग्लुङको गल्कोट नगरपालिका–७ ज्यामिरेका ४६ वर्षीय पूर्णबहादुर सुनार र उनका १६ वर्षीय भतिजा माधव सुनार छन् । पुर्णबहादुर र हत्या गरिएकी महिला बीचको शारीरिक सम्बन्धकै कारण उनी र उनका जुम्ल्याहा दुई छोरीहरुको समेत हत्या गरिएको ठहर प्रहरीले गरेको छ ।

प्रहरीका अनुसार हत्या गरिएकी महिला मोरङको साविक कानेपोखरी–३ की हुन् । उनी पोखरा महानगरपालिका–२५ स्थित फेदीमा रहेको सुनारको होटलमा काम गर्ने गरेको प्रहरी अनुसनधानबाट खुलेको छ । ती महिलासँग उनले लसपस (शारीरिक सम्पर्क) राख्दै आएका थिए ।

उनीसहित अर्की महिला पनि उनको होटलमा काम गर्दै आएकी थिइन् । अर्की महिलासँग शारीरिक सम्पर्क राख्दै आएको र ती महिलाले सुनारलाई छाड्न नचाहेपछि उनकी जेठी श्रीमती र पूर्णबहादुर सुनार समस्या थिए ।

यही क्रममा घर लगेर राख्छु भन्दै फकाएर उनले शान्तिपुर हुँदै उनलाई ल्याए । पूर्णबहादुर सहित तीन जना पुरुषले हत्या गर्ने योजना बनाएर आएका थिए । सोही अनुरुपम बाग्लुङ र गुल्मीको समिानामा पर्ने चन्द्रकोट गाउँपालिका–३, हर्राचौरको उर्लेनी भन्ने अनकन्टार भिर जंगलमा ल्याई ती महिला र उनका दुई छोरीहरुको विभत्स हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।

उनका दुई जुम्ल्याहा छोरीहरु थिए । तीमध्ये एउटीको नाम जमुना राना भन्ने खुलेको छ । अर्की छोरी र उनीसँगै हत्या गरिएकी ती महिलाको नाम खुल्न सकेको छैन ।
हत्या योजनाकारमध्ये एक जना फरार रहेको प्रहरीले जनाएको छ । दुई जनामध्ये काका पूर्णबहादुर र भतिजा माधवलाई प्रहरीले पोखरास्थित सोही होटलबाटै पक्राउ गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७