रेवत रार्इकाे ‘खुशे’ सार्वजनिक (भिडियोसहित)


१३ पुष २०७४, बिहीबार
Rekha Phago sher bdr magar rewat rai nepali music video songs by netra kirat 1

काठमाडाैं : गायक रेवत राईको आवाज रहेको ‘खुसे’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । दर्जनौँ बढी चर्चित गीतहरू गाईसकेका गायक रेवतको दोस्रो एल्बम ‘लय’मा समावेश उक्त गीत सार्व्जनिक भएकाे हाे । गीतकाे सङ्गीत पनि उनैले भरेका छन् ।Rekha Phago sher bdr magar rewat rai nepali music video songs by netra kirat 1

‘आर स्क्वायर च्यानल’ युटुवबाट सार्वजनिक गरिएको गीतमा हङ्कङ्गमा रहँदै आएका पेङ्ग किरातको शब्द रहेको छ । अपेरा डिजिटल स्टुडियमा रेकर्ड गरिएको गीतको सङ्गीत संयोजक लाहाङ्ग सुब्बा हुन् ।

भिडियोमा मोडेल तथा नायिका रेखा फागो र मोडेल शेर बहादुर थापा मगर देखिएका छन्, भने प्रकाश चाम्लिङ्को पनि अभिनय रहेको छ ।

थुप्रै म्युजिक भिडियोहरु निर्देशन गरिसकेका नेत्र किरातले यस भिडियोमा निकै मेहनतका साथ निर्देशन गरेका छन् भने डान्सर तथा कमेडियन रोशन मगरको कोरियोग्राफर रहेको छ ।

भिडियोमा युवक र युवतीको एक्कासि भेट हुन्छ, युवकलाई युवती मन पराउन थालेपछि पछ्याउन थाल्छन् । युवती आफ्नो पछि लाग्ने युवकको बिस्तारै मायाजालमा पर्छिन् । एकअर्का आफ्नो मायाको रंगीन पलहरू बिताउँदै गर्दा ती युवतीको अर्को साथी आईपुग्छन्, र आफ्नो प्रेमीलाई भेटेपछि युवती उसकै साथमा लाग्छिन्‘ युवतीको अर्कै साथी हुन्छ, ती युवतीको पछि(पछि लाग्दै मरिहत्ते गर्न खोज्ने युवक छाँगाबाट खसेझैं भएको भिडियोमा देखाउन खोजिएको छ ।

क्यामेरामा अनुभवी ओम प्रसाइले खिचेका उक्त भिडियो छायाङ्कनमा आधुनिक प्रविधिको क्यामेरा, ड्रोन र जोहनजिपको पनि प्रयोग गरिएको छ । कयौँ म्युजिक भिडियो, गीतहरू खिचिसकेका ओम प्रसाईले यस भिडियोमा निकै फरक र मेहनतका साथ खिचेका छन् भने भिडियोमा विष्णु खड्का ‘अर्यान’को सम्पादन रहेको छ ।

राई चाम्लिङ् भाषाको शब्द ‘खुसे’को अर्थ कान्छी हुन्छ । भिडियो ललितपुरको श्रीकाली चौरको सेरोफेरोमा छायाङ्कन गरिएको हो ।

हेर्नुहोस् भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७