सहकारीमा जम्मा भएको रकम उत्पादनमा लगाउनुस् : मन्त्री अर्याल


२८ कार्तिक २०७६, बिहीबार
76193853 717235115451064 428270370408103936 n

काठमाडौं, २८ कात्तिक । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी मन्त्रालय र सहकारी अभियन्ताबीचको सम्बन्ध सुमधुर बनाउदै एकताबद्ध भएर जानुपर्छ भन्ने उद्देश्यले अगाडि बढिरहेको बताएकी छिन् ।

रिलायवल बचत तथा ऋण सहकारी संस्था बानेश्वरको २१ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् । हरेक विषयमा अभियन्तासँग समन्वय गरेर अगाडि बढिरहेको भन्दै उनले मन्त्रालयले सहकारी अनुकुल नियमावली निर्माण गरिएको बताइन् ।

ुसहकारी अभियानलाई अगाडि बढाउने हिसाबले हामीले नियमावली निर्माण गरेका छौं । अब कार्यान्वयन गरेर जानुपर्छुु, मन्त्री अर्यालले भनिन् । ६५० अर्ब कारोबार सहकारी संस्थाले गरेको भन्दै उनले यो सानो पुँजी नभएको बताइन् । बित्तिय कारोबार हुने संस्थामा केही बेथिति पनि देखिने भन्दै मन्त्री अर्यालले त्यसलाई समयमै सचेत भएन भने ठूलो दुर्घटना हुने भएकोले समयमै सचेत हुनुपर्ने बताइन् ।

सहकारीमा जम्मा भएको पुँजी उत्पादनमा लगाउनुपर्ने उनको भनाइ छ । मन्त्री अर्यालले भनिन् अब सहकारीमा जम्मा भएको रकमलाई विभिन्न उत्पादनमा लगाउनुपर्छ । उत्पादनमा लगाउनका निम्ति भएका कानुनी बाधा ब्यवधानको समाधान गरेर जानुपर्छ ।

सहकारीको संस्था धेरै भएकोले अब त्यसलाई नियन्त्रण गर्न सहकारी संस्था मर्जरको अभियान चलाइएको मन्त्री अर्यालले बताइन् । बित्तिय कारोबार गर्ने संस्थाको नियमन गर्नका निम्ति छुट्टै बचत तथा ऋण सम्बन्धि ऐन ल्याउने तयारीमा रहेको उनको भनाइ छ ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी विकास वोर्डका सहअध्यक्ष दक्ष पौडेलले प्रविधिको प्रयोग गरेर कर्जा जोखिम र कर्जा सुरक्षण गर्नुपर्ने बताए । त्यस अवसरमा संस्थाका अध्यक्ष ओमदेवी मल्ल जोशीले स्थापना गरेको केशव बडाल सहकारी पत्रकारिता पुरस्कार पत्रकार रामसुदन तिमिल्सिनालाई प्रदान गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७