नेपाली महिला भलिबल टिमलाई ‘एशियन सेन्ट्रल जोन’को उपाधि


२८ कार्तिक २०७६, बिहीबार
1573726061VolleyBall

काठमाडौं, २८ कार्तिक । बंगलादेशको राजधानी ढाकामा भएको प्रथम एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेर नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय उपाधि जितेको हो।

बिहिबार भएको फाइनलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाली भलिबल इतिहासमा ऐतिहासिक स्वर्णपदक जितेको हो । च्याम्पियनसिपमा नेपाल अपराजित र एक सेट पनि नगुमाई च्याम्पियन बन्न सफल भएको हो । उपाधि जित्ने क्रममा नेपालले समूह चरण र फाइनलमा गरी कुनै पनि सेट गुमाए। समूह चरणमा अपराजित रहने क्रममा नेपालले आयोजक बंगलादेश, माल्दिभ्स, अफगानिस्तान र किर्गिस्तानलाई पनि सहज रुपमा पराजित गरेको थियो।

नेपाली महिला भलिबल टिम सन् १९९९ मा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएको थियो। नेपालले सन् २००६, २०१० र २०१६ को साग पनि कास्य पदक हात पारेको थियो।

नेपाली महिला भलिबल टिमले जितेको ठूलो पदक २०१४ मा काठमाडौंमा आयोजना भएको दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा जितेको रजतपदक हो।

प्रतिभा प्रतियोगिताकै उत्कृष्ट स्पाइकर

नेपाली महिला राष्ट्रिय टोलीकी स्पाइकर प्रतिभा माली एभीसी एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबल प्रतियोगिताको उत्कृष्ट स्पाइकर घोषित भएकी छिन् ।

नेपाललाई पहिलो अन्तर्राष्ट्रिय उपाधि दिलाउने क्रममा प्रतिभाले सानदार प्रदर्शन गरेकी थिइन् । प्रतिभाले अफगानिस्तानविरुद्ध प्रतियोगिताको पहिलो खेलमा प्लेयर अफ दि म्याच घोषित भएकी थिइन् । उनीसँगै किर्गिस्तानकी मदिना किर्लान प्रतियोगिताको उत्कृष्ट सेटर भइन् । बंगलादेशकी बिठीले प्रतियोगिताको उत्कृष्ट ब्लकरको अवार्ड जितिन् ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७