‘नेपाल भ्रमण वर्ष–२०२०’लाई सफल बनाउन सवैसँग हात्तेमालो गर्छौ : मन्त्री भट्टराई


२८ कार्तिक २०७६, बिहीबार
yogesh bhattarai minister

काठमाडौं, २८ कार्तिक । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले ‘नेपाल भ्रमण वर्ष–२०२०’लाई सफल बनाउनका लागि सरोकारवाला सवै निकायहरुसंग हात्तेमालो गर्ने बताएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ प्रदेश ३ ले बिहिबार काठमाडौंमा आयोजना गरेको नेपाल भ्रमण बर्ष २०२० समुद्घाटन गर्दै उनले भ्रमण बर्ष मनाउनका लागि सरकारले नीजि क्षेत्र लगायतका अन्य सरोकारवालाहरुलाई साथमा लिएर अघि बढ्ने बताएका हुन् ।

भ्रमण बर्ष सफल पार्नका लागि यातायात क्षेत्रको भूमिका अपरिहार्य रहेको भन्दै नेपाल भ्रमण वर्ष–२०२० मूल आयोजक समितिको सदस्यमा महासंघलाई पनि समावेश गरिने घोषणा गरे । उनले नेपाल आएका विदेशी पाहुनालाई गर्ने व्यवहार, सत्कार र सम्मानबारे सार्वजनिक सवारी साधनमा काम गर्ने व्यक्तिहरुलाई तालिम दिने बताए ।

कार्यक्रममा मन्त्री भट्टराईले भ्रमण वर्ष २०२० को स्टीकरलगायतका सामग्री महासंघका पदाधिकारीलाई हस्तान्तरण गरेका थिए । नेपालमा सञ्चालित सार्वजनिक गाडीमा अब भ्रमण वर्षको प्रचार सामग्री टाँसिने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७