धरानमा यस्ताे अनौठो बच्चा जन्मियो


१३ पुष २०७४, बिहीबार
4 hand 2 head Baby Birth in dharan

धरान :  सुनसरीको धरानमा अनौठो बच्चा जन्मिएको छ । हात चारवटा र टाउको दुई वटा रहेका खुट्टा दुई वटा मात्र छन् । धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुनसरी इनरुवा ८ की सोनम मण्डलले दुई वटा टाउको र चार वटा हात एउटै जिउमा जोडिएको नवजात शिशुलाई जन्म दिएकी हुन् ।

4 hand 2 head Baby Birth in dharan

धरानको घोपा क्याम्पको स्त्री तथा प्रशुती विभागमा भर्ना भएकी मण्डलले अनौठो भएपनि स्वस्थ बच्चाको जन्म दिएको अस्पताल स्रोतले जनाएको छ । प्रतिष्ठानका डा. सूर्यप्रसाद रिमालका अनुसार ब्यथा लागेर आएकी सोनमको तल्लो पेट चिरेर शल्यक्रिया गर्दा चार हात र दुई वटा टाउको भएको बच्च जन्मिएको थियो । अनौठो बच्चा जन्मिएपछि शल्यक्रियामा संलग्न चिकित्सक र नर्सहरुसमेत छक्क परेका थिए । अस्पतालमा बच्चा हेर्नेको भीड लागेको थियो ।

बच्चा स्वस्थ जन्मिएको  थियाे । छोरिको रुपमा जन्मिएको नवजातको यौनांग पनि एउटै थियो । तर शिशुको पेट र छातिमा टाँसिएको अवस्थामा दुई हात थिए भने अरु दुई हात थिए । दुई वटा टाउको स्वस्थ थिए । घाटी भन्दा माथीका सबै अंग दुई वटै टाउकोमा थिए ।
यद्यपी उक्त शिशुको २४ घण्टापछि स्वास प्रस्वास नलिमा समस्या देखिएको थियो । चिकित्सकले नली राखेर स्वासप्रस्वास प्रणाली सञ्चालन गर्न खोज्दा परिवारले नमानेपछि शिशुको मृत्यु भएको अस्पतालले जनाएको छ ।

दम्पतिका अनुसार, इटहरीको एक क्लिनिकमा स्वास्थ्य जाँच गराउदा बच्चाको समस्याबारे कुनै जानकारी नदिएको बताए । बच्चा सामान्य भएको जानकारी दिएको उनका बाबु चन्द्र नारायण मण्डलले बताए । गर्भ अवस्थामा स्वास्थ्य जाँच गराउँदा बच्चाको अवस्था, लिङगबारे जानकारी हुन्छ । लिङगबारे चिकित्सकहरुले गोप्य राखे पनि अन्य बच्चाको अवस्थाबारे अभिभावकले जानकारी पाउने अधिकार हुन्छ ।

यस्तो अवस्थाको शिशु विरलै जन्मने चिकित्सक बताउँछन । गर्भवती हुँदा पुरुषको शुक्रकिट र महिलाको अण्डा मिलेर जाइगोट बन्छ । त्यसरी बनेको नर्मल जाइगोटबाट भु्रण बनेर बच्चाको विकास हुन्छ । तर, कहिलेकाहीं विरलै अवस्थामा छुट्दा जुम्ल्याहा हुन्छन् । र, जाइगोट बनेको १३ दिन पछाडि छुट्यो भने टासिन पुग्छन् । यो त्यही जाइगोट टाँसिएर नछुटे पनि बनेको बच्चा यस्तो हुने चिकित्सले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७