रोनाल्डोको ह्याट्रिक, ६-० गोलमा पोर्चुगलको फराकिलो जित


२९ कार्तिक २०७६, शुक्रबार
portugal 4 zQz9aiUzP8

काठमाडौं, २९ कार्तिक । लिथ्वानियालाई ६–० ले हराउँदै पोर्चुगल युरोकप छनोट नजिक पुगेको छ । पोर्चुगलले आफ्नो मैदानमा लिथ्वानियालाई हराउँदा क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक गरे ।

यो ह्याट्रिकसँगै रोनाल्डोले अन्तर्राष्ट्रिय गोल संख्या ९८ पुर्‍याएका छन् । सातौं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै रोनाल्डोले पोर्चुगललाई अग्रता दिलाएका थिए । २२ औं मिनेटमा उनले अग्रता दोब्बर बनाए ।

portugal 1 7ga1OPE03J

पहिलो हाफमा दुई गोल गरेको पोर्चुगलले दोस्रो हाफमा चार गोल थप्यो ।
५२ औं मिनेटमा पिज्जीले गोल गरे । ५६ औं मिनेटमा गोन्कालो पासिन्सिया र ६३ औं मिनेटमा बर्नार्डो सिल्भाले गोल गरेपछि पोर्चुगलले ५-० को अग्रता लियो ।

त्यसको दुई मिनेटपछि बर्नार्डो सिल्भाको पासमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा पोर्चुगलले ६–० को जित निकाल्यो । पोर्चुगलका लागि रोनाल्डोको यो नवौं ह्याट्रिक हो । जितसँगै पोर्चुगलले समूहमा १४ अंक बनाएको छ ।

यो समूहमा सर्विया तेस्रो स्थानमा छ । सर्वियाले लग्जम्बर्गलाई ३–२ ले हरायो । १३ अंक जोड्दै सर्विया तेस्रो स्थानमा पुगेको हो । समूहमा युक्रेन १९ अंक बनाउँदै छनोट भइसकेको छ । अन्तिम खेलमा सर्वियाले युक्रेनसँग र पोर्चुगलले लग्जम्बर्गसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७