किन लम्बिरहेको छ आलमको बहस ? यस्तो रहेछ कारण


२९ कार्तिक २०७६, शुक्रबार
aalam 1
फाइल फोटो

काठमाडौं, २९ कार्तिक । कानुन व्यवसायी बढी भएपछि रौतहटको राजपुरमा बम विष्फोट आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा निलम्बित सांसद मोहम्मद अफताब आलमको बहस अझै लम्बिएको छ ।

धेरै कानुन व्यवसायीहरुले बहस गर्ने भएको कारण पनि बहस लम्बिएको हो । गत कात्तिक २१ देखि बहस शुरु भएको थियो । छैटौं दिन पनि आलम तर्फका वकिलहरुले बहस गर्दै आएका छन् ।
उक्त थुनछेक मुद्दामा सरकारी वकिलको तर्फबाट पाँच जना वकिलले बहस गरेका थिए ।

सरकारी वकिलको तर्फबाट थुनछेक बहसमा सरकारी वकिल कार्यालय रौतहटको जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल, उपन्यायाधिवक्ता अर्जुनप्रसाद कोइराला र सहन्याधिवक्ता सूर्यप्रसाद दाहाल, सरकारी वकिल कार्यालय पर्साका उपन्यायाधिवक्ता रुद्रप्रसाद पन्थी र सरकारी वकिल कार्यालय रौतहटका सहन्यायाधिवक्ता रामप्रसाद पन्थीले बहस गरेको रौतहट जिल्ला अदालतका स्रेस्तेदार गुणराज पराजुलीले जानकारी दिएका छन् । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७