सागको लागि पुरुष क्रिकेट टोलीको घोषणा, रसिद खान पहिलो पल्ट टिममा


२९ कार्तिक २०७६, शुक्रबार
nepal national cricket team

काठमाडौं, २९ कार्तिक । घरेलु मैदानमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । साग मंसिर १५ देखी २४ सम्म काठमाडौं र पोखरामा हुने खेलका विहीबार टोलीको घोषणा गरेको हो ।

राष्ट्रिय टोलीमा तीब्र गतिका बलर राशिद खान पहिलो पटक स्थान बनाएका छन् । राशिदले उमेर समुह र घरेलु क्रिकेटमा निरन्तर उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् ।

इमर्जिङ एसिया कपमा नरहेका पुर्व कप्तान पारस खड्का र लेग स्पिनर सन्दीप लामिछाने पनि सागमा टीमा रहेका छन् रहेका छन् ।

इमर्जिङ एसिया कपमा रहेका ओपनर इशान पाण्डे र विश्वकीर्तिमानी युवा खेलाडी रोहित कुमार पौडेल टोलीमा छैनन् । त्यस्तै वसन्त रेग्मी पनि टोली बाहिर रहेका छन् । टोलीमा युवा खेलाडीको बाहुल्याता छ ।

नेपाली टोलीमा ज्ञानेन्द्र मल्ल (कप्तान), पारस खड्का, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, ललित नारायण राजवंशी, पवन सरार्फ, सन्दीप जोरा, सुसन भारी, आरिफ शेख, अभिनास बोहोरा, कुशल भुर्तेल र राशिद खान रहेका छन् ।

वैकल्पिक खेलाडीको सुचिमा रोहित कुमार पौडेल, भिम सार्की र सागर ढकाल रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७