विप्वल समूहका इञ्चार्ज पक्राउ


२९ कार्तिक २०७६, शुक्रबार
Biplab

बाँके, २९ कार्तिक । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जाजरकोट इञ्चार्ज प्रेम प्रकाश ओली (धमिल) गए राति बाँकेको कोहलपुरबाट पक्राउ परेका छन् ।

नलगाड नगरपालिकाको रघुनाथमा घर भई पूर्व माओवादी लडाकु समेत रहेका ओली गए राति कोहलपुरबाट पक्राउ परेको प्रहरीले जनाएको छ । उनलाई चन्दा आतङ्क, एनसेल टावर आक्रमण र वडा कार्यालयमा आगजानी गरेको आरोप लागेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७