दिल्ली क्यापिटल्सको टोलीमा ठुलो फेरबदल, बेच्यो दुई लेग स्पिनर


२९ कार्तिक २०७६, शुक्रबार
Delhi Sandeep Lamichhane

काठमाडौं, २९ कार्तिक (एजेन्सी) । नेपालको युवा क्रिकेटर आवद्ध इन्डियन प्रिमियर लिग (आईपीएल)को दिल्ली क्यापिटल्सले आफ्नो टोलीमा ठूलो फेरबदल गरेको छ । आगामी संस्करणको आईपीएलको अक्सन अघि दिल्लीले टोलीमा साटफेर गरेको हो ।

दिल्लीले केहि दिन अघि पञ्जावका कप्तान रविचन्द्रन आश्विनलाई टोलीमा ल्याएको थियो भने दिल्लीले राजस्थान रोयल्सका अजिंक्या रहाणेलाई पनि टोलीमा भित्र्याएको छ । रहाणेको आगमनले दिल्लीको मध्यक्रम बलियो बन्ने अनुमान गरिएको छ ।

यस्तै दिल्लीले आफ्ना दुई लेग स्पिनर मंयक मरकान्डे र राहुल तेवतियालाई राजस्थान रोयल्सलाई बेचेको छ । मारकन्डेलाई दिल्लीले यसै वर्ष मुम्बइ इन्डियन्सबाट किनेको थियो । अजिंक्यालाई टोलीमा ल्याउनका लागि उनीहरुलाई दिल्लीले बेचेको हो ।

गत वर्ष दिल्लीको शीर्षक्रम बलियो देखिएपनि मध्यक्रमले कमजोर प्रर्दशन गरेको थियो । त्यसैको कारण रहाणेलाई दिल्लीले टोलीमा भित्र्याएको हो । रहाणेले गत संस्करणको आईपीएलमा १३ खेलमा १ शतक सहित ३ सय ९३ रन बनाएका थिए ।

सन्दीपलाई फाइदा
दुई लेग स्पिनर बेचेपछि नेपालका सन्दीपलाई फाइदा हुने भएको छ । चार लेग स्पिनर रहेको दिल्लीले दुईलाई बेच्दा नेपाली सन्दीप लामिछानेले खेलमा माैका पाउनेछ । अब दिल्लीमा लेग स्पिनरको रुपमा सन्दीप र अमित मिश्रा रहेका छन् । सन्दीपले टोलीमा धेरै खेल खेल्ने पाउने संभावना बढेको छ । आइपीएल अक्सन आगमी पुष ३ मा कोलकत्तामा हुँदै छ ।  

सन २०१७मा आईपीएलका दिल्ली क्यापिटल्ट (दिल्ली डेयर डेभिल्स)ले सन्दीपलाई न्यूनतम खरिद मूल्य २० लाख भारुमा अनुबन्ध गरेको थियो। त्यस सिजनमा दिल्लीले उसको १२ ‍औँ खेलमा सन्दीपलाई खेलाएको थियो   । उनले पहिलाे खेलमै विकेट लिएका थिए । पहिलाे सिजनमा तीन खेल खेल्न पाएकाे थियाे । 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७