बङ्लादेशका राष्ट्रपतिको चन्द्रागिरी भ्रमण रद्द


२९ कार्तिक २०७६, शुक्रबार
ARP KTM Chandragirivisit1 scaled

काठमाडौं, २९ कार्तिक । बङ्लादेशका राष्ट्रपति मोहम्मद अब्दुल हामिदको नेपाल भ्रमण दलमा रहेका सदस्यले मात्र आज काठमाडौंको चन्द्रगिरी हिल्स अवलोकन भ्रमण गरेका छन् ।

भ्रमण दलमा रहेका बङ्लादेशका सांसदहरु, राष्ट्रपति कार्यालयका उच्च अधिकारी तथा सल्लाहकार, राजनीतिक दलका नेता, बङ्लादेशकै परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, अन्य विशिष्ट व्यक्तिहरुलगायत २७ जनाले अवलोकन भ्रमण गरेका हुन् ।

उनीहरुलाई चन्द्रागिरी केबलकारमा चन्द्रागिरी हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल, महाप्रबन्धक अभिषेकविक्रम शाह, सञ्चालक अम्बिकाप्रसाद पौडेललगायतले स्वागत गरेका थिए ।

भ्रमण दलका सदस्यले चन्द्रगिरी हिल्सको केबलकारमार्फत हिल्समा पुगेर प्राकृतिक सौन्दर्यको अवलोकन गरेका थिए । अध्यक्ष ढकालले उक्त लिमिटेडअन्तर्गत निर्मित विविध एकीकृत पर्यटकीय संरचनाका बारेमा जानकारी गराएका थिए ।

भ्रमणमा सहभागी बङ्लादेशका पाहुनाले चन्द्रगिरी क्षेत्रको प्रशंसा गर्दै यस भ्रमणबाट नेपालमा बङ्लादेशी पर्यटकको आगमनमा वृद्धि हुने विश्वास व्यक्त गरे । चन्द्रागिरी हिल्सको अवलोकन भ्रमणका लागि बङ्लादेशका राष्ट्रपति हामिद चन्द्रागिरी जाने पूर्व निर्धारित कार्यक्रम भने अन्तिम समयमा विशेष कारणले रद्द भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७