उपमेयर खड्गीकै उपस्थितिमा गुठीको जग्गामा बनेका टहरामा तालाबन्दी


२९ कार्तिक २०७६, शुक्रबार
hari prabha

काठमाडौं, २९ कार्तिक । काठमाडौं महानगरपालिकाले खुल्ला मञ्चसँगै जोडिएको ‘दुईमाजु’ गुठीको जग्गामा निर्माण भएका हटरामा आज (शुक्रबार) तालाबन्दी गरेको छ ।

गुठीको एक रोपनी जग्गामा पसल राख्न बनाइएको टहरामा महानगरकी उपप्रमुख हरिप्रभा खड्गीको उपस्थितिमा आज ताला लगाइएको हो । खुलामञ्चको उत्तर र रन्तपार्कबाट दक्षिणतर्फको गुठीको  जग्गामा टहरा बनाएर पसलका लागि भाडामा लगाइएको थियो ।

दुईमाजु गुठीको उक्त जग्गा व्यक्तिगत जग्गा सरह उपयोग गरेर मासिक ७ लाख रुपैयाँ आउने गरी ३५ वटा कपडा पसललाई भाडामा लगाइएको जनाइएको छ ।

गुठी संस्थानले शुरुमा अमृता भट्टराईलाई मासिक १५ हजार रुपैयाँमा टहरा भाडामा दिएको थियो । तर गुठी संस्थानले उक्त सम्झौता भङ्गगरिसकेको छ । काठमाडौं महानगरपालिका २८ नम्बर वडा कार्यालयले बुधबार जिल्ला प्रशासन कार्यालयलाई शुक्रबार टहरा हटाउनेबारे जानकारी गराएको थियो ।

गुठी संस्थानले भट्टराईसँगको सम्झौता रद्द गरी सो देवस्थल र वरपरको प्रांगण सफा सुरक्षित गर्ने र कुनै संरचना बनेको भए खाली गराउने भनी निर्णय गरेकाले हटाइएको महानगरपालिकाले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७