माछापुच्छ्रे बैंकको आक्रमक योजना : पहिलो त्रैमासिकमै १७ अर्ब बराबरको कर्जा र निछेप कारोबार


२९ कार्तिक २०७६, शुक्रबार
Machhapuchhere

काठमाडौं,२९ कात्तिक । माछापुच्छ्रे बैङ्कले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा आक्रामक रुपमा शाखा विस्तार गर्नुका साथै ३७ करोड ६० लाख खुद नाफा कमाउन सफल भएको छ ।

चालु आवको असोज महिनासम्मको प्रगति विवरण सार्वजनिक गर्दै बैङ्कले गएको आर्थिक वर्षमा ४३ शाखा थप गरी कुल शाखा १३१ पु(याएको थियो भने यस वर्षको पहिलो तीन महिनामै १२ शाखा विस्तार गरेर १४३ पु¥याएको उल्लेख गरेको छ ।

यस अवधिमा बैङ्कले ८.५ अर्व रुपैयाँ कर्जा प्रवाह गरेर कुल कर्जा रु ८६ अर्ब पु(याएको छ । त्यसैगरी बैङ्कले सोही अवधिमा ६.०७ अर्ब निक्षेप संकलन एव ३ अर्ब बराबरको ऋणपत्र पूर्णरुपमा बिक्री गरी कूल ९.०७ अर्ब रुपैयाँ बराबरको स्रोत जुटाउन सफल भएको बैङ्कले जनाएको छ ।

विगत वर्षजस्तै यस आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा बैङ्कले आफ्नो समग्र गतिविधिलाई द्रुतगतिमा विस्तार गर्दै लगेको उसको आर्थिक विवरणमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७