सनराइज बैंकको भजनीमा शाखा तथा दधिकोट र धापासीमा एक्सटेन्सन काउण्टर बिस्तार


२९ कार्तिक २०७६, शुक्रबार
DSC 0140 A8rEr1jTzm

काठमाडौं, २९ कात्तिक । आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायकासाथ सनराइज बैंकले देशका विभिन्न भागमा शाखा र एक्सटेन्सन काउण्टर विस्तार गर्दै आइरहेको छ ।


यसै क्रममा बैंकले कैलाली स्थित भजनीमा १२३ औं शाखा संचालनमा ल्याएको छ । बिहिबार आयोजित उद्घाटन कार्यक्रममा भजनी नगरपालिकाका नगर प्रमुख शेर बहादुर चौधरी र सनराइज बैंकका नायव प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरे ।


उक्त कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो । सोहि दिन बैकले भक्तपुर स्थित दधिकोटमा ७औं तथा काठमाडौं स्थित धापासीमा ८औं एक्सटेन्सन काउण्टरहरु पनि विस्तार गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७