नेकपाको उम्मेद्धार जिताउन भक्तपुरमा भोट माग्दै माधबकुमार नेपाल


२९ कार्तिक २०७६, शुक्रबार
madhav nepal bhaktapur election 3
pDd]bjf/ 9sfn 3/b}nf] sfo{qmddf ef]6 dfUb} eQmk’/, @( sflQs -/f;;_ M g]kfn sDo’lgi6 kf6L{ -g]skf_ sf jl/i7 g]tf Pj+ k”j{ k|wfgdGqL dfwjs’df/ g]kfn, ;f+;b dx]z a:g]t, zzLh+u yfkfnufotsf g]tfx? cfufdL dª\l;/ !$ ut] eQmk’/ lgjf{rg If]q gDa/ ! k|b]z g+= ! -s_ k|b]z;ef ;b:osf nflu x’g] pklgjf{rgsf g]skfsf pDd]bjf/ b]jLk|;fb 9sfn -l8kL_ sf nflu 3/b}nf] sfo{qmddf ef]6 dfUb} . /d]z lu/L

भक्तपुर, २९ कार्तिक । पूर्व प्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा आफनो उम्मेद्धारलाई जिताउन भक्तपुरमा आएका छन् ।

उपनिर्वाचनका लागि आफनो आफनो दल प्रचारप्रचार तिव्र बनाएका बेला नेता नेपाल प्रदेशसभाका लागि भक्तपुर १ (क) बाट उम्मेद्वार बनेका देवीप्रसाद ढकाललाई जिताउन भक्तपुर आएका हुन् ।

उनले नेकपा उम्मेदवार डीपी ढकाललाई जिताउन भक्तपुरका जनतासँग भोट मागे । उनले अबको एकमात्र वाटो आर्थिक विकास र वेरोजगारीको अन्त्य भएको बताए ।

‘डीपी ढकालका पछाडि सिङ्गो नेकपा छ, सिङ्गो सरकार छ, सिङ्गो प्रदेश सरकार छ , सिङ्गो नगरपालिका छ ।’ नेपालले भने, ‘त्यसैले यस क्षेत्रको विकास र समृद्धिको नेतृत्व ढकालले मात्र गर्न सक्छन् ।’

उनले अबको एकमात्र वाटो आर्थिक विकास र वेरोजगारीको अन्त्य भएको वताएका छन्। आज भक्तपुरको सरस्वती खेलमा आयोजित चुनावी सभामा वोल्दै नेता नेपालले भने,‘अब सिङ्गो राष्ट्रको ध्यान आर्थिक क्रान्तिमा केन्द्रित हुनुपर्ने आवश्यकता छ ।’ नेपालले भावी पुस्तालाई समृद्ध र विकसित नेपाल हस्तान्तरण गर्नुपर्ने वताए।

चुनावी सभामा नेकपाका केन्द्रीय सदस्य एवम् सांसद महेश बस्नेतले ढकालको जित सुनिश्चित भैसकेको दावी गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७