स्वदेश फर्किए बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद


२९ कार्तिक २०७६, शुक्रबार
nepal president bidya devi bhandari and Bangladeshi President Hamid 1 1 scaled
sf7df8f}F, @( sflQs M/fi6«klt e08f/Laf6 aªunfb]zL ;dsIfLsf] labfO{ g]kfnsf] rf/ lbj;Lo cf}krfl/s ;befjgf e|d0fdf cfpg’ePsf aªunfb]zsf /fi6«klt df]xDdb cAb’n xldbnfO{ lqe’jg cGt//fli6«o ljdfg:yndf z’qmaf/ labfO{ ug'{x’Fb} /fi6«klt ljBfb]jL e08f/L . /fi6«klt e08f/Lsf] lgdGq0ffdf pxfF afpGg ;b:oLo k|ltlglwd08nsf] g]t[Tj ub}{ g]kfn cfpg’ePsf] xf] . t:jL/M k|bLk/fh jGt, /f;;

काठमाडौँ, २९ कात्तिक । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चारदिने औपाचारिक सद्भावना भ्रमण पूरा गरी शुक्रबार अपराह्न स्वदेश फर्किएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा गत मङ्गलबार नेपाल भ्रमणमा आएका राष्ट्रपति हमिदलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति भण्डारीले बिदाइ गरिन् ।

उनको बिदाइका निम्ति गृहमन्त्री रामबहादुर थापा तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईको पनि उपस्थित थिए । उनलाई नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामी दिएको थियो ।

उनको स्वागतमा झैँ बिदाइमा पनि सातै प्रदेशको प्रतिनिधित्व हुने गरी कलाकारले गीतसङ्गीत र नृत्य प्रस्तुत गरेका थिए भने बालबालिकाले नेपाल र बङ्गलादेशको झण्डा फ¥हराएर विशिष्ट पाहुनालाई बिदाइ गरेका थिए ।

नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति भण्डारीसँग बुधबार भेटवार्ता गरेका थिए । राष्ट्रपति भण्डारीले आफ्ना बङ्गलादेशी समकक्षी तथा उनले नेतृत्व गरेका प्रतिनिधिमण्डलको सम्मानमा सोही दिन साँझ रात्रिभोजको आयोजना गरेको थियो ।

भ्रमणका क्रममा बङ्गलादेशका राष्ट्रपतिसँग उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बेग्लाबेग्लै शिष्टाचार भेट गरेको थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७