सेन्चुरी बैंकको नाफा ३७ करोड


२९ कार्तिक २०७६, शुक्रबार
Century Bank 83951593

काठमाडौं,२९ कात्तिक । सेञ्चुरी कमर्सियल बैंकले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा सेन्चुरी कमर्सियल बैंकले ३७ करोड ८ लाख रुपैयाँ नाफा गरेको छ ।

बैंकले यो अवधिमा ५८ अर्ब ५४ करोड कर्जा प्रवाह गरेर  नाफा आर्जन गरेको हो ।

 आवको साउनदेखि असोजसम्मको पहिलो त्रैमासमा बैंकले २७ करोड ४० लाख नाफा आर्जन गरेको थियो । पहिलो त्रैमासमै यथेष्ठ नाफा कमाएको बैंकको वितरण योग्य नाफा भने १८ करोड रुपैयाँ रहेको छ ।

८ अर्ब ४१ करोड चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा १ अर्ब २८ करोड रुपैयाँ रहेको छ । बैंकले सो अवधिमा २ अर्ब १३ करोड ब्याज आम्दानी गरेको छ भने १ अर्ब ३५ करोड ब्याज खर्च गरी खुद ब्याज आम्दानी ७८ करोड रहेको छ ।

चालु आवको पहिलो त्रैमासमा बैंकले ६१ अर्ब निक्षेप संकलन गरेको छ । बैकको सीडी रेसियो ७९.२१ प्रतिशत कायम गरेको छ । बैंकको खराब कर्जा २.४७ प्रतिशत छ भने स्प्रेड दर ४.८४ प्रतिशत छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७